
कपिलवस्तु , फाल्गुन ९
कपिलवस्तु को शुद्धोधन गाउँपालिकाको लबनीमा जसपा द्वारा चौथो चरणको गाउँपालिका स्तरीय बिरोध सभामा प्रधानमन्त्री को असबैधानिक कदम को बिरोध गरिएको छ ।
प्रधानमन्त्री के.पी. ओली द्वारा गरिएको निर्वाचित प्रतिनिधि सभा विघटन जस्ता असंवैधानिक , अलोकतान्त्रिक तथा प्रतिगमनकारी कदमको विरोधमा जसपा पार्टी द्वारा आन्दोलन का निम्न थप कार्यक्रमहरू तय गरिएको निर्देशन अनुसार आइतबार को दिन कपिलवस्तु को लबनीमा जनता समाजवादी पार्टी द्वारा राष्ट्रपति बिद्या देवी भण्डारी र प्रधानमन्त्री के.पी. ओली को बिरुद्ध चौथो चरणको गाउँपालिकामा बिरोध सभा गरीएको छ।

जसपाका नेता र कार्यकर्ता ले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले चाले को कदमको बिरोध स्वरूप शुद्धोधन ३ लबनी चौकमा नेताकार्यकर्ता भेला भै बिरोध गरिएको छ ।
जसपाका बरिस्ठ नेता एवम् गाउपालिका का प्रमुख निसार आहम्द खाँ ले प्रधानमंत्री केपी ओली ले संसद विघटन गरेर संविधान विपरित काम गरेको आरोप लगाएका छन् । संविधान को रक्षाका लागी जसपा को प्रत्येक कार्यकर्ता तत्पर रहेको समेत बताउनुभयो । साथै जसपाको बिरोध कार्यक्रममा सहभागी हुन समेत आग्रह गरे। विरोध प्रदर्शनमा जिल्ला को बिशिस्ट अतिथि नेता बिन्दराज यादवले, मनोज कुमार यादव , बिजय बहादुर यादव , राम शंकार या दव , राम रक्षा पासी, इनुस तेली, नन्दलाल चौधरी , श्री राम चौधरी ,सहित दर्जनौं व्यक्तिको उपस्थित रहेको थियो।
जसपाका नेता शुद्धोधन गाउपालिका को कार्यसमिति को अध्यक्ष कमलेश शरण चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ ।

