गर्ववती तथा सुत्केरी महिलालाई उपाध्यक्ष धामीकाे काेसेली

0
Quantam abroad studies

उत्तम कुमार थापा बझाङ
जिल्लाकाे केदारस्युँ गाउँपालिकाले गर्भवती तथा सुत्केरी आमाहरुलाई उपाध्यक्षको ‘कोसेली’ वितरण गर्ने कार्य सुरु गरेको छ ।

गर्भवति तथा सुत्केरी आमालाई कोसेली वितरण सुरु गरिएको गाउँपालिका उपाध्यक्ष निसा ठगुन्नाले बताउनु भयो । ‘सुत्केरी भएका बेला पोषिलो खानेकुरा दिनुपर्छ भन्ने सन्देश दिनका लागि कोसेली दिन सुरु गरिएको हो ’, उहाँले भन्नुभयो बच्चाको तथा आमाको स्वास्थ्यलाई थोरै भएपनी गर्भअवस्था तथा सुत्केरी अवस्थामा राहात होस भनेर आमालाई कोसेली वितरण गरेका छौ । यसले सुत्केरी आमाको पोषणमा सुधार ल्याउन पनि सहयोग गर्ने हाम्रो विश्वास छ ।’

पहिलो चरणमा ४० जना आमाहरुलाइ वितरण गरेको र केहि दिनमा गाउँपालिकाका सबै वडाहरुमा रहेकी गर्भवति तथा सुत्केरी आमाहरुलाइ पनी यस्तै कोसेली वितरण गर्ने कार्यक्रम रहेको समेत उपाअध्यक्ष ठगुन्ना ले बताउनु भयो ।

sahani furniture udyog

आज एक कार्यक्रमका विच रायल स्वास्थ्य चाैकि देउरामा उपाध्यक्षको कोसेलीमा गर्भवती तथा सुत्केरी आमाका लागि फलफुल, अण्डा , कोलगेट, ब्रस र साबुन राखिएको उपाध्यक्ष ठगुन्नाले बताउनुभयो । उपाध्यक्ष कोसेली कार्यक्रमलले गर्भवती तथा सुत्केरीको आमाहरुको पौष्टिक आहार खाने बानिको विकास हुने आशा लिएको केदारस्युँ गाउँपालिकाका उपाध्यक्ष निशा धामिकाे भनाइ छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.