स्वरोजगार बन्ने सीप, दक्षता र उद्यमशीलता आजको आबश्यकता

0
Quantam abroad studies

लेखक : धिरज गुप्ता , पर्सा
देशमा बेरोजगारी समस्या दिनौं बढदै गएको छ। यो चिन्ताको बिषय हो । बेरोजगारी समस्या समयमै समाधान हुन सकेन भने देशमा असन्तुष्टिका स्वरहरु गुञ्जिन थाल्छन । यसलाई समयमै सम्बोधन गर्ने कार्य प्रभावकारी हुन जरुरी छ ।

यदि समयमै यो समस्या समाधान गर्न सकिएन भने यसले अझ भयावह रूप लिने निश्चित छ । सरकारको नीति तथा कार्यक्रम र बजेटमा उल्लेख भएअनुसारका रोजगार सिर्जनाका कार्ययोजनाको प्रभावकारी कार्यान्वयनको खाँचो छ । स्थानीय, प्रदेश र संघ तीनै तहबाट रोजगार सिर्जनाको कार्यलाई प्राथमिकताका साथ अघि बढाउनु पर्छ । देशमा रोजगारीको अवसर नपाएर युवा जनशक्ति खाडी मुलुक देखि अन्य मुलुकमा पलायन हुन बाध्य छन । राज्यले ती युवामा आशा, भरोसा र विश्वास जगाउन सक्नु पर्छ । हाम्रो देशका युवामा केवल निराशा र वितृष्णा मात्रै छ । यसो हुनुको कारण पनि छ । देशमा गरि खाने शिक्षा भएन । अहिले सम्म पनि नेपालको शैक्षिक नीति सीपमूलक र व्यवहारमुखी हुन सकेको छैन । जसले गर्दा शैक्षिक संस्थाहरू बेरोजगार उत्पादन गर्ने कारखानाका रुपमा परिणत भएका छन । पछिल्लो समयमा केहि शैक्षिक संस्थाहरूले सीपमूलक र व्यवहारमुखी शिक्षा प्रदान गरी दक्ष जनशक्ति उत्पादन गर्ने कार्यमालागेका छन । अव सैद्धान्तिक ज्ञान मात्रै प्रदान गरेर बेरोजगारी समस्या हल हुदैन । स्वरोजगार बन्ने सीप, दक्षता र उद्यमशीलता आजको आबश्यकता हो । अव सीपमूलक र व्यावसायिक तथा प्राविधिक शिक्षामा जोड दिनु पर्छ ।

sahani furniture udyog

मुलुकमा बेरोजगार समस्याले भयावह रूप लिएको छ । मुलुकको कृषि, उद्योग, पूर्वाधार निर्माणलगायतका क्षेत्रमा रोजगारको अवसर सिर्जना गर्ने कार्यमा राज्यका तीन वटै तहको पहल आवश्यक देखिएको छ । युवालाई स्वदेशमा टिकाउने वातावरण राज्यले सिर्जना गर्नु पर्छ । युवा बिदेसिनु बाध्यता हो रहर होइन । यही बाध्यताले बिदेसिएका युवाले पठाएको रेमिट्यान्समा देश चलेको छ । तर पनि नेपाली जनता पीडामा छटपटाइरहेका छन्। आफ्नै देशको समृद्धिमा जुट्नुपर्ने युवा परदेशमा आँसु र पसिना बगाउँदै छन्। योदुखद कुरा हो । अहिले सम्म देशको अर्थतन्त्र रेमिट्यान्सले धानेको छ । गत बर्ष विश्वव्यापी रुपमा फैलिएको कोभिड– १९ को कारण पछिल्लो समय वैदेशिक रोजगारमा कमी आएको तथ्यांक ले बताएको छ। कामदारको कम मागले गर्दा धेरै देशमा कार्यरत कामदार आफ्नै देश फर्कन बाध्य हुँदैछन्। यसले नेपाल जस्ता धेरै देश आर्थिक संकटमा पर्ने सम्भावना बढ्दै गएको छ । नेपालको वैदेशिक रोजगार पनि कोभिड– १९ बाट प्रभावित छ । पछिल्लो समय वैदेशिक रोजगारमा जानेको भन्दा फर्कनेको संख्या बढिरहेको छ । रोजगारका लागि विदेश जानेभन्दा विदेशमा रोजगार गुमाएर फर्कनेको संख्या चार गुणा बढी रहेको देखिन्छ ।

जसले गर्दा नेपालमा बेरोजगारको अवस्था भयावह हुने देखिन्छ । देशको अर्थतन्त्रसमेत संकटमा पर्न सक्ने सम्भावना देखिएको छ । जोसिला र ऊर्जाशील युवा स्वदेश फर्कनु देशका लागि अवसर पनि हो । यो अवसरलाई राज्यले सहि सदुपयोग गर्न सक्यो भने देशले समृद्धिको यात्रामा फडको मार्ने निश्चित छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.