छबिस पाथिभेरा गाउँपालिकाको हिउँदे अधिवेशन सुरु

0
Quantam abroad studies

शिवजी मण्डेल, चैत १६ , बझाङ,
जिल्लाको छबिस पाथिभेरा गाउँपालिकाको सातौं गाउँ सभा तथा हिउँदे अधिवेशन सोमबारबाट सुरु भएको छ ।

अधिवेशनमा छबिस पाथिभेरा गाउँपालिका को विकास को अवस्था विनियोजित बजेटको खर्च विवरण कार्यक्रम को उपलब्धिको समिक्षा गरिने गाउँपालिकाका उपाध्यक्ष राधिका रताला जोशीले बताउनु भयो । साथै जनता बाट आएका गुनासा छिटोछरितो योजना कार्यनयन पारदर्शिता र अनुगमनका बारेमा पनि छलफल हुने बताउनु भएको छ। अधिवेशनले शिर्षक फरकपरेका योजनाहरूको रकमान्तर गरि शिर्षक परिवर्तनका लागि अनुमोदन गर्ने निर्णय पारित गरिने पनि गाउँपालिका उपाध्यक्ष रताला जोशीले बताउनु भएको छ ।गाउँ सभा तथा हिउँदे अधिवेशनमा आवश्यक विभिन्न ऐन कानुनहरू पनि पास गरिने बताइएको छ ।

उक्त हिउँदे अधिवेशन तथा सातौं गाउँ सभा सोमबार बाट सुरु भएर मंगलबार दुई दिन सम्म चल्ने छबिस पाथिभेरा गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष मोहनलाल विकले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.