

राज कुमार चमार, चैत १७, कपिलवस्तु ।
जिल्ला कपिलवस्तु शुद्धोधन गाउँपालिकामा जसपा का युवा नेता कमलेश शरण चौधरी द्वारा दलित युवाहरुलाई क्रिकेट खेल सामग्री हस्तान्तरण गरेको छन् ।

फागुपूर्णिमा (होली) को शुभअवसरमा जनकल्याण युवा क्लब को बिशेष पहलमा जनता समाजवादी पार्टी नेपालका शुद्धोधन गाउँ पालिकाका कार्य समिति अध्यक्षकमलेश शरण चौधरीले युवाहरुको खेलप्रति मनोबल बढाउनको लागि शु. गा. पा.- ,३ असुरैनाका दलित युवाहरुलाई खेल सामग्री हस्तान्तरण गर्नुभएका छन् ।
साथै “दैनिक खेल्नु अर्थात् दैनिक शारीरिक व्यायाम गर्नु हो”भन्ने विचार राखी उहाँले युवाहरुको शारीरिक, मानसिक र संवेगात्मक विकासको लागि युवाहरुलाई उक्त खेल सामाग्री सहयोग गर्नु भाको छ।
