प्रचण्ड द्वारा छिट्टै नयाँ सरकार बन्ने दाबी , आजैबाट छलफल प्रक्रिया शुरु गर्ने उदघोष

0
Quantam abroad studies

कपिलवस्तु , चैत २१

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले संविधान पूर्ण नभएको बताउनु भएको छ । कपिलवस्तुको तौलिहवामा जिल्ला स्तरीय प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा दहालले हिन्दी भाषामा सम्बोधन गर्दै यस्तो बताउनु भएको हो । स्थानीयलाई बुझ्न सजिलो होस् र छिमेकी रास्ट्र भारत बाट आएका पत्रकारहरू को सजिलोका लागि आफूले हिन्दी भाषामा सम्बोधन गर्न लागेको उहाले बताउनु भएको छ।

‘प्रचण्ड तौलिहवामा आउने कुरा लखनउ सम्म पुगेछ, त्यहाँबाट केही पत्रकार साथीहरू पनि आउनुभएको होला,’ उहाँले भन्नुभयो, ‘उहाँहरूको सजिलोका लागि र स्थानीयले पनि हिन्दी भाषा बोल्ने भएकाले मैले पनि हिन्दीमै आफ्ना धारणा राख्छु अध्यक्ष प्रचण्डले भने । अध्यक्ष प्रचण्डले नेपालको संविधानमा मधेशी, दलित , महिला र जनजातिको अधिकारको विषय पूर्ण नभएको बताउनुभएको छ । आफू पनि संविधानमा पूर्ण समर्थन नभए पनि अहिलको संविधानमा धेरै महत्वपूर्ण विषय भएको अध्यक्ष प्रचण्डको भनाइ छ । संविधान पूर्ण छैन, मधेशी, दलित, महिला, जनजातीको अधिकारको विषय जति उल्लेख गरिनुपथ्र्यो , त्यति गरिएको छैन, प्रचण्डले भन्नुभयो ।

कार्यक्रममा बोल्दै प्रचण्ड ले जनता समाजवादी पार्टीलाई प्रतिगमन विरोधीहरू एक हुन आह्वान गर्नुभएको छ । प्रचण्ड ले छिट्टै नयाँ सरकार बन्ने दाबी गर्दै नेपाली काँग्रेसले प्रधानमन्त्री ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने निर्णय गरेसँगै देशको राजनीतिले कोल्टे फेरेको पनि उहाँले बताउनुभयो । अब छिट्टै नयाँ सरकार बन्ने र नयाँ राजनीतिक परिस्थिति बन्ने बताउदै अध्यक्ष प्रचण्डले नयाँ सरकार गठनका लागि आजैबाट दलहरु सँग छलफल गर्ने जानकारी गराउनु भएको थियो ।

sahani furniture udyog

अध्यक्ष प्रचण्ड ले पछिल्लो राजनैतिक घटनाक्रम र अबको राजनीतिक कार्यदिशाका सम्बन्धमा कार्यकर्ता लाई प्रशिक्षण दिदै जिल्लाका केहि प्रभावशाली नेता सहित सयौं नेता कार्यकर्तालाइ पार्टी प्रबेश समेत गराउनु भएको छ । जसपा का नेता रामलौटन तिवारी , तत्कालीन मधेस लोकतान्त्रिक पार्टीका शत्रुधन चौधरी , नेपाल जनता पार्टीका जिल्ला अध्यक्ष सुनिल पाण्डे , समाजसेवी गणेश श्रीवास्तव , पंकज ओझा , दिपक कान्दु लागयात का नेता कार्यकर्ता ले पार्टी प्रबेश गरेका छन् ।

अध्यक्ष प्रचण्ड ले प्रधानमन्त्री ओली मधेस विरोधी भएको भन्दै उहाँले मधेसको मसिहा ठान्ने केही नेता मन्त्री बन्न ओलीको साथमा जान लागेको आरोप समेत लगाउनु भएको छ।

यसैगरी उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय नेता मातृका यादव , चक्रप्नि खनाल ( बलदेव ) लगायत का केन्द्र , प्रदेश र जिल्ला का नेताकार्यकर्ता को उपस्थिति रहेको थियो ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.