अमेरिकी युद्धपोत भारतीय जलक्षेत्रमा चल्दाको अबस्था

0
Quantam abroad studies

—लोकनारायण सुबेदी
भारतीय सामुद्रिक क्षेत्रमा अमेरिकी नौसैनिक अभ्यास हुनु आज ठूलो चिन्ताको बिषय बनेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरिरहेका छन् । उनीहरु त्यो मामिलालाई सोझै र प्रत्यक्ष भारतको सम्प्रभूता र सजगतासँग पनि जोडिएको औंल्याइरहेका छन् ।

यस सम्वन्धमा स्वयं अमेरिकी नौसैनिक बेडाले पनि के मानेको छ भने अमेरिकाले भारतको ‘एक्सक्लुसिभ इकोनोमिक जोन’ अर्थात् ‘बिशेष आर्थिक क्षेत्र’मा त्यो नौसैनिक अभ्यास गरेको कुरा स्वीकारेको छ ।अमेरिकी जहाजी बेडाको तर्फबाट जारी गरिएको एक बिज्ञप्तिमा के संकेत गरेको स्वीकारिएको छ भने अमेरिकीहरु यसरी पहिला पनि भारतीय सीमामा आउने जाने गरेका हुन् । अर्थात् यो दोहोरिदो क्रममा नै घट्ने गरेको घटना हो !

अमेरिका भारतको मित्र देश हो र यदाकदा यसरी भारतीय सीमा क्षेत्रमा आउने जाने बिशेष कुरालाई शायद त्यति गम्भीररुपमा नलिइदो पनिहो । तर बिना सूचना अन्य देशको सीमा भित्र घुस्ने र सैन्य अभ्यास गर्ने कुरा हो भने यस्तो गलत परम्परालाई सच्याउनै र रोेक्नैपर्ने हुन्छ । भारतीयहरु भन्छन् कि भारतको स्वीकृति लिएर आए त केही थिएन । तर भारतीय सीमा क्षेत्र भित्र कुनै अरु देशको सैन्य अभ्यासको सूचनालुकिछिपी रहेको हुनु हुदैन । अमेरिकाले यस्ता सैन्य अभ्यासहरु लुकाउने छिपाउने कार्य गरेको हो भने त्यसले ‘दालमा केही कालो ’ रहेको दर्शाउँदछ नै । यतिबेला भारतीय बिशेषज्ञहरुलाई चिन्ता के लागेको देखिदैछ भने भारतीय जलक्षेत्रमा अमेरिकीय युद्ध पोत हटाइनु पर्ने माग हुनु अस्वभाबिक होइन र हुनु हुदैन ।

त्यो काम भारतीय बिदेश मन्त्रालय तथा रक्षा मन्त्रालयको महत्वपूर्ण र जरुरी काम नै होला शायद ! बास्तव मा अमेरिकाको सातौ नौ–सैनिक जहाजी बेडाको टिप्पणीले बिशेषरुपले प्रश्न खडा गरिहेको स्थिति छ यतिबेला । भारतीय सञ्चार माध्यमहरु प्रश्न गरिरहेका छन् कि के अमेरिकी सैन्य बलले भारत–प्रशान्त क्षेत्रमा हरेक दिन ‘अपरेशन’ गर्ने गर्दछन् ? के यस्ता कुनै ‘अपरेशनहरु’ कुनै अन्तर्राष्ट्रिय कानुनहरुलाई ध्यानमा राखेर गर्ने गरिएको छ ? अन्तर्राष्ट्रिय कानुनले यस सम्वन्धमा के भन्छ ? के अमेरिकी सुरक्षा बलले कहि पनि उड्न, तैरिन र अभ्यास गर्न सक्तछ ? त्यहाँ यस्ता गम्भीरतम प्रश्नहरु आज उठिरहेका छन् ।

sahani furniture udyog

भारतीय सञ्चार माध्यमले अझ थप के पनि प्रश्न खडा गरेका छन् भने यदि अमेरिकी बेडाको जबाफमा भारतको पर्बाह सामेल छैन भने आधिकारिक स्तरमा भारतले आफ्नो कुरा राख्नु पर्दछ । भारतीयहरु के पनि भनिरहेका छन् भने यस्तै खतरा जब चीनको तर्फबाट ‘अण्डमान निकोबार’ टापूको नजिक उत्पन्न भएको भारतले आरोप लगाएको थियो त्यतिबेला भारतले चीनमाथि त कडा आपत्ति जनाएको पनि थियो । ठीक त्यसै प्रकारको आपत्ति अमेरिकासँग प्रकट गर्न भलै भारतले सक्तैन पनि होला शायद ।

तर अमेरिकी सैन्य बलले आफ्नो जबाफमा कम्तिमा शालीनता र मित्रताका शब्दहरु अबश्य राखुन्। भारतले जसरी अरु देशहरुको सम्प्रभूतको कदर गर्दछ (?) ठीक त्यस्तै अरुबाट पनि त्यस्तै अपेक्षा गर्नु भारतको हक पनि बन्दछ । यसमा सञ्चार माध्यहरुको बिशेष जोड के देखिन्छ भने यस्तो नहोस् कि कुनै देशले मित्रताको सहारा लिएर भारतकै अपहेलना गरोस् । यो कुरा होइन कि अमेरिकासँगको सम्वन्धलाई लिएर भारतले कतै कुनै बिबाद खडा गरोस् ।यस सम्वन्धमा अन्तर्राष्ट्रिय अभ्यास के कस्तो रहेको छ भने कुनै पनि तटीय देशको ‘एक्सक्लुसिभ इकोनोमि जोन’ को सीमा समुद्र किनाराबाट २०० नटिकल माइल अर्थात् ३७०किलोमिटरको दूरीसम्म मात्र हुने गर्दछ । त्यस क्षेत्रमा रहेका सामुद्कि संसाधनहरुमाथि सम्वन्धित देशहरुकै अधिकार हुन्छ भन्ने प्रष्ट मान्यता छ ।

अतःयस सन्दर्भमा कुनै सन्देह छैन र रहनु पनि हुँदैन कि अमेरिकाले भारतसँग सोधेर  नै अभ्यास गर्न पर्ने थियो। यदि अमेरिकाले त्यसो गरेको छैन भने त्यसको दुइटा अर्थ हुनजान्छ । पहिलो कुरा त भारतसँगको मित्रताबाट उसले लाभ लिन चाहन्छ । अनि अमेरिकालाई यस सम्वन्धमा लाग्दो पनि होाल कि चीनसँग उल्झिरहेको भारतले अमेरिकाले मिचेको या उल्लंघन गरेको कुराको कुनै त्यस्तो बिरोध या आपत्ति पनि गर्ने छैन । 

यसको दोश्रो अर्थ भने बिगत दिनहरुमा अमेरिकाका मन्त्रिहरु र बिशेष अमेरिकी दूतहरुले भारतको भ्रमण गरेका छन्, के कुनै यस्तो कुरा छ जुन भारतले मानेको छैन र या अमेरिकालाई नराम्रो लागेको छ र त्यसका लागि अमेरिका भारतलाई त्यसको दबाबामा ल्याउन चाहन्छ ? आज बिश्व जुन कालखण्डबाट गुज्रिरहेको छ त्यसमा कुनै पनि आशंकको खोजीगर्न नसकिएला तर पनि अधिकतम पारदर्शी भएर त अबश्य हिड्न सकिन्छ । ज्ञाता बिश्लेषकहरु भनिरहेका छन् कि आफ्नो स्वभाव अनुरुप नै सम्भावनाहरुको खोजी भारतले जारी राख्नु पर्दछ र के पनि कुरामा ध्यान दिनु पर्दछ भने उदारता कुनै पनि मोर्चामा भारतको लागि बोझ बन्न नजाओस् ।

भारतको यो जायज गुनासो र चित्त दुःखाई अस्वाभाविक छ्रैन । तर आफ्ना वरिपरीका छिमेकी देशहरु र खाशगरी हाम्रो देश नेपालसँगको भारतको सम्वन्ध के कस्तो रहँदै आएको छ सबैमा जगजाहेर नै छ । अरुबाट जे जस्तो ब्यवहार तिमी चाहन्छौ त्यस्तै ब्यवहार तिमीले पनि गर्न सिक्नु र सक्नु पर्दछ भन्ने पुरानो मान्यता पनि भारतले नबुझेको कुरा भने होइन ।

शक्तिशालीसँग झुक्ने र कमजोलाई पेल्ने जुन गलत परम्परा छ त्यसको पिण्डबाट छुट्न सकेमा मात्र न्याय, समानता र सार्बभौमिकताको पनि सम्मान हुन्छ । यद्यपि शक्तिशाली राष्ट्रहरुले यो यथार्थ कुरा बुझेर पनि बुझपचाउने गरेको नाङ्गो सत्य बिश्व सामु निरन्तर प्रस्तुत हुन छोडेको छैन ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.