नबिन यादब , चैत ३०
सप्तरी को राजविराजको मुटुमा रहेको छिन्नमस्ता होस्पिटलमा कार्यरत बरिष्ठ सर्जन डाक्टरहरू द्वारा १७ ओटै नशा काटिएको हातको सफल रुपमा ( माइक्रोसर्जरी ) शल्यक्रिया गरेका छन् ।
धरान उपमहानगरपालिका ८ बस्ने सुमन परियारको भाई सनम परियार वर्ष २१ को चैत १३ गते साथीहरूको आपसी बादबिबादमा परेर धरियो हतियारको प्रयोग बाट दाहिने हातको १६ ओटे नशा काटिएर सख्त घाइते भएका थिए। उक्त घाइते अवस्थामा भाइलाइ लिइ पीडितका दाई सुमन परियार धरानको घोपा होस्पिटल पुगेका थिए तर त्यहाँ पुग्ने बितिकै घाइतेको अवस्था अनुसार, डाक्टरको सल्लाहमा सिटि एस्क्यान , Xray पश्चात उपचार सम्भव नदेखिए पछि घाइते युवकलाइ जिल्लाको छिन्नमस्ता हस्पिटलमा लगियो ।
अघिल्लो चिकित्सकको सल्लाह बमोजिम छिन्नमस्ता हस्पिटलमको बरिष्ठ अर्थो पेडिक डा .सरोज साह र डा ज्ञानेन्द्र झा लाइ घाइतेको जाच गराइयो र चिकित्सकले घाइते को उपचार सम्भव कुरा बताउदै तत्काल उपचार को प्रक्रिया शुरु गरियो।
पिडित घाइते युवकको हात काटिएकै दिन राती २ बजे घाइतेको गम्भीर अवस्था हेरि तत्काल शल्यक्रिया शुरु गरि घाइते युवकको हातको रगत जाने मुख्य नशासंगै १७ वटा नशा जोडी रगत समेत संचालन संगै हातको सम्पुर्ण औंलाहरू चल्न सक्ने गरि शल्यक्रिया सफल भएको डा.सरोज साहले बताउनु भयो भने डा.ज्ञानेन्द्र झाले यो निकै जटिल शल्यक्रिया भएको र समयमै हस्पिटलमा पुगेकोले हातलाइ पुन जोडी काम गर्न सक्ने बनाउन सकेको बताउनु भएको छ ।
सोही बिषयबस्तुमा बिरामीको दाइ सुमन परियार संग कुरा गर्दा उहाँले हामीले भाइको त्यो अवस्था देख्दा अब भाइले हात गुमाने हो कि भन्ने पिरले सताएको थियो , हाम्ले आस मारिसकेका थियौ तर प्रयास जारी राख्दा डाक्टर रुपमा भगवान् नै भेटेको र भाइको हात जोडीएको हुँदा आफु निकै खुशी भएको बताउनु भयो । उहाँले भाइको शल्यक्रियामा रहेको टोलिको निकै प्रसंशा गरे र खुशी देखिएका थिए ।
उक्त शल्यक्रियामा टोलिका सदस्य डा.सरोज साह र डा.ज्ञानेन्द्र झा , बरिष्ठ एनेथेसिया डा.पारस मनि साह , सहायक स्वास्थ्यक्रमी रामकुमार यादव, संजु यादव, शिव मंडल, रबिन्द्रनाथ शर्मा रेखा चौधरी , चन्द्रकान्त राय, लगायत सम्पुर्ण टिमलाई घाइते युवका दाइले धन्यवाद दिदै आभार व्यक्त गरेका थिए। १३ गते शल्यक्रिया पछि घाइतेलाइ हस्पिटलमै राखिएको थियो भने २२ गते हस्पिटलबाट डिस्चार्ज गरिएको थियो । हाल उन्कादाइ संग सम्पर्क गर्दा भाइको हातको अवस्थामा सुधार हुदै गएको बताउनु भएको छ ।