देशको नेतृत्व गर्ने नेताहरु अल्पसंख्यक धर्मको पछाडि परेका छन : अभिषेक जोशी।

0
Quantam abroad studies

कमलेश चन्द्र गुप्ता – कपिलवस्तु ।

देशको नेतृत्व गर्ने नेताहरु अल्पसंख्यक धर्मको पछाडि लागि परेको र तिनको नै वकालत गर्दै आएको हिन्दु अभियन्ता अभिषेक जोशीले बताउनु भएको छ। हाम्रो देशका नेतृत्व गर्ने नेताहरुले सनातन हिन्दू धर्मको कुनै वास्ता नगरेको जोसीले आरोप लगाएका हुन्। हिन्दु अभियन्ता जोशी भन्छन “हामीले त्यस्ता जनप्रतिनिधिलाई केन्द्रमा पठाउछौ जसले आफ्नो घर भित्र हिन्दु हु भन्छ ,पुजा गर्छ तर बाहिर हिन्दु हु भन्ने सक्दैन। अब हामी हिन्दु समाज एकताका साथ अगाडि बढ्नु पर्छ र भोट तिनलाई मात्र गर्नुपर्छ जो हाम्रो धर्म, सांस्कृति हिन्दुत्वको रक्षाका लागि कार्य गर्छ र खुलेर म हिन्दु हु र हामीलाई हिन्दु राष्ट्र चाहियो भन्छ भनेर सुझाव दिएका छन्।”

हिन्दु देशको रुपमा चिनिने एक मात्र देश नेपाल थियो तर राजनीतिक भागबन्डाका कारण हिन्दु धर्म हटाएर जबरजस्ती धर्म निरपेक्ष थापियोको अभियन्ता जोशीले दाबी गरेका हुन्। सनातन धर्म हिन्दूले सबै संग सहयोग, सहकार्य, सम्मान राख्ने भनी सिकाएको छ तर समय परिस्थिति अनुसार आफुलाई परिवर्तन गर्न सक्नु पर्छ भने हिन्दु अभियन्ता अभिषेक जोशीले बताउनु भयो।
जिल्लाको महराजगंजमा हिन्दु युवा शक्ति द्वारा नव बर्ष एवम रामनवमीको अवसरमा मंगलवार आयोजित हिन्दु जागरण एवम शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अभियन्ता जोसीले यस्तो बताउनु भएको हो।

sahani furniture udyog

हिन्दु युवा शक्तिले हिंदुत्वको लागि सधै कार्य गरी रहने जिल्ला अध्यक्ष फागुराम पाण्डेयले बताउनु भएको छ।

यसको संस्थाको उद्देश गौ संरक्षण , संस्कृतिक पाठशाला (गुरूकुल) , मठमन्दिर एवम् असहायलाईलाई सहयोग गर्ने जिल्ला महासचिव बिष्णु प्रसाद तिवारीले बताउनु भएको थियो।
कार्यक्रममा बिभिन्न हिन्दुबदी संघठनका प्रतिनिधि एवम हिन्दु योद्धाहरुको उपस्थिति रहेको जिल्ला प्रबक्ता मोतीलाल मिश्रले जनकारी गराउनु भएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.