
कपिलवस्तु , बैशाख ९
राजनीति उतारचढाव र विवादका बिच लुम्बिनी प्रदेशको शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागी भएका जसपाका चारै मन्त्रीको जसपा निकट भातृ संगठन राष्ट्रिय बिद्यार्थी संघ कपिलवस्तुले समर्थन गरेको छ । पार्टीका एक समुह नेता कार्यकर्ता सरकारमा सहभागी भएका मन्त्रीहरुको बिरोध गरेको छ भने आर्को एक समुहले समर्थन गरेको छ ।

यसैक्रममा राष्ट्रिय बिद्यार्थी संघ कपिलवस्तुका जिल्ला सचीव दिपेन्द्र कुमार कुर्मी द्वारा हस्ताक्षर गरिएको समर्थन एव शुभकामना सहितको प्रेस बिज्ञप्ति जारि गरिएको छ ।


