रोतहटको अरविन्द यादवले दाईजो प्रथालाई चुनौती दिँदै गरे आदर्श विवाह

0
Quantam abroad studies

नवीन निर्भय यादव , बैशाख २३

बैशाख १९ गते आईतबार रोतहटको एक यादव दम्पतीले सर्लाहीमा बाल विवाह एबम् दाइजो मुक्त नेपाल ,राष्ट्रिय अभियानको दाइजो अन्त्यको आन्दोलनमा सफल भएका छन्।

बाल विवाह एबम् दाइजो मुक्त नेपाल ,राष्ट्रिय अभियानको दाइजो अन्त्यको आन्दोलनमा सफलताको एउटा अर्को उदाहरणीय कदम “दाइजो नलिईकन विवाह गर्ने साहसी रोतहटको अरविन्द यादवले बिनादाईजो बिहे गरेर सिङ्गो समाजमा उदाहरणीय बनाएका छन् ।

sahani furniture udyog

रोतहटको सिसुवा धमौरा निवासी युवा अरविन्द यादवले आईतबार राति दहेज नलिई सर्लाही बरहथवा नगरपालिका वाड नं -३, निवासी कुमारी मञ्जु दिपिका यादव संग विवाह गरेको हो।

मुनि राय यादवको छोरा अरबिन्द यादवले सर्लाही बरहथवा निवासी रामपुत यादवकी छोरी कुमारी मञ्जु दिपिका यादव संग बैशाख १९ गते राति समाजिक परम्परा अनुसार दहेजमुक्त विवाहमा बांधिएका छ्न ।

यसैगरि सो विवाहको कार्यक्रममा कोभिड कहरको मध्य नजर गर्दे बाल विवाह एबम् दाइजो मुक्त नेपाल ,राष्ट्रिय अभियानको राष्ट्रिय संयोजक नबिन कुमार यादवले भर्चुवल मार्फत शुभकामना दिदै भनु भो यस्तो विवाहले युवाहरुमा दहेज लेनदेनबाट मुक्त हुने संदेश समेत हाम्रो समाजमा गएको बताइन् ।

जोकोही दम्पतीले बाल विवाह एबम् दाइजो मुक्त नेपाल ,राष्ट्रिय अभियानको दाइजो मुक्त विवाह जो केही गरिरहेको भए जानकारी गराए , जोकोहीलाई सम्मानका लागी हामी उपस्थित रहन्छौ प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.