

नवीन निर्भय यादव , बैशाख ३१ , सप्तरी
राजविराज स्थित छिन्नमस्ता अस्पतालमा हिजो बिहिवार ५० बेडको आइसोलेसन सेन्टर संचालनमा आएको छ।

यहीँ वैशाख २३ गते प्रमुख जिल्ला अधिकारी फणीन्द्र मणि पोखरेलको अध्यक्षतामा जिल्ला संकट व्यवस्थापन समितिको बसेको बैठक निर्णय बुँदा न.४ अनुसार सप्तरीका निजि अस्पताल छिन्नमस्ता अस्पतालमा कोभिड-१९ आइसोलेसन केन्द्र बनाएको अस्पताल संयोजक दिपेन्द्र यादवले बताए ।
आईशोलेसन कक्षमा HDU, २० बेडको अक्सिजन समेत रहेको , त्यस्ते गरि ICU कक्ष ४ बेडमा अक्सिजन भएको , जनरल रूममा २६ बेडमा अक्सिजन भएको , महिला र पुरुषको लागि छुटै-छुटै ४ शौचालय सहितको सुविधा रहेको आईशोलेसन इन्चार्ज मनु झाले बताउनु भएको छ। आज राति देखि ने कोभिड बिरामीहरूलाई एडमिट गराउने जानकारी दिए।
