शुद्धोधन गाउँपालिकामा एक ब्यक्तिको शव फेला

0
Quantam abroad studies

प्रभुनाथ गुप्ता , कपिलवस्तु , बैशाख ३१
जिल्लाको शुद्धोधन गाउँपालिकामा एक ब्यक्तिको शव फेला परेको छ । गाउँपालिकाको मुडफुटवा र बिष्नुपुरवा गाउँको बीचमा बाटो छेउको कुलोमा उक्त शव फेला परेको हो ।

उक्त शव बिठुवा बस्ने बर्ष ५५ को शिव प्रसाद विश्वकर्माको रहेको छ । ऊनी हिंड्न् नसक्ने अपाङ्ग हुन र ट्राइसकलबाट हिंडडुल गर्ने गर्थे । उन्को शव फेला परेकै ठाँउमा उनको ट्राइसाइकल समेत फेला परेको छ । बिहान करिब ७-८ बजे तिर स्थानीयले कुलोमा उक्त शव देखेपछि प्रहरीलाइ खबर गरेका थिए । मृतक बिहिवार आफ्नो गाउँ बिठुवा देखि शिवलवा गएको पारिवारिक स्रोतले बताएको छ । प्रहरी घटना स्थलमा पुगि अनुसंधान शुरु गर्दै शव आफ्नो नियन्त्रणमा लिएको थियो । मृतक रातको समयमा आफ्नो ट्राइसाइकलबाट घर फर्कने क्रममा दुर्घटना भै कुलोको पानीमा डुबेर मृत्यु भएको हुन् सक्ने प्रहरीले जनाएको छ । उक्त कुलो बाटो बाट ६-८ फिट सम्म गहिरो रहेको छ ।

मृतक बिश्वकर्माको शव पोस्टमार्टम गर्नका लागी तौलिहवा जिल्ला अस्पतालमा पठाइ सकेको र थप अनुसंधान भैरहेको ईलाका प्रहरी कार्यालय प्रमुख कृष्नाबहादुर खत्रीले बताउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.