विभिन्न संघसंगठन संगै नेपाल पत्रकार महासंघको प्रेस बिज्ञप्ति , पत्रकार भण्डारी माथी भएको दुव्र्यवहारको बिरोध

0
Quantam abroad studies

लुम्बिनी प्रदेश , जेठ ५
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका कार्य समिति सदस्य एवं एभिन्यूज खबर टेलिभिजनका कपिलवस्तु प्रतिनिधि गोपाल भण्डारी माथि मंगलबार भएको दुरव्यवहारको घटनाप्रति नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश कर्यसमितिको गम्भीर ध्यानाकर्षण भएको छ ।

कपिलवस्तुका नागरिक समाजको तर्फबाट जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमार्फत प्रधानमन्त्रीलाई ज्ञापन–पत्र बुझाउने क्रममा समाचार संकलन गर्दा प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले पत्रकार भण्डारीलाई दुव्र्यवहार गरेका थिए । समाचार संकलन गर्न जाँदा फोटो खिच्न पाइँदैन, अनुमित छैन भन्दै पाण्डेले दुव्र्यवहार गरेका थिए । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा भएको यो घटना प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथिको दमन भएको महासंघले जनाएको छ । जिल्ला प्रशासन कार्यालय पुगेका पत्रकार भण्डारीमाथि गरिएको ज्यादती गलत भएको र यसले प्रेस तथा आम नागरिकलाई सशंकित बनाएको भन्दै आगामी दिनमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी सुनिश्चितताका लागी स्थानीय प्रशासन र आम सरोकारवाला पक्ष संग नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले जोडदार माग गरेको छ ।

sahani furniture udyog

यसैगरी नेपाल प्रेस युनियन र मधेसी पत्रकार समाजले समेत प्रेस बिज्ञप्ति जारी गर्दै यस घटनाको बिरोध गर्दै आगामी दिनमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता को ग्यारेन्टी गर्न माग गरेको छ । मधेसी पत्रकार समाज कपिलवस्तु शाखाका अध्यक्ष रमेश मिश्रले यस्तो महामारीको बेला आफ्नो ज्यानको बाजी लगाइ समाचार संकलन गर्दै सुचना प्रबाह गर्ने पत्रकार माथि दुव्र्यवहार हुन दुर्भाग्यपूर्ण रहेको बताउनु भएको छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.