स्वास्थ्यको लागि सक्षम प्रणाली कार्यक्रमद्वारा कृष्णनगर नगरपालिकालाई स्वास्थ्य समाग्री हस्तानतरण

0
Quantam abroad studies

शहबाज खान/कपिलवस्तु
विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ कोरोना भाइरसले अहिलेको अवस्थामा नेपाल‌मा पनि ठुलै प्रभाव देखाइ रहेको छ। नेपालका विभिन्न जिल्लाहरुमा निषेधाज्ञा समेत जारी रहेको अवस्था छ।

कपिलवस्तु जिल्लाको अस्पतालहरुमापनि संक्रमितहरुको संख्या दिनदिनै बढ्दै गएकोले अस्पतालहरुमा बिरामीहरुलाई राख्नकोलागि बेडसमेतको अभाव भएको छ। यो महामारीबाट जनतालाई जोगाउनको लागि अग्रपन्तीमा खटेका स्वास्थ्यकर्मी , सुरक्षाकर्मी , सफाईकर्मी लगायतको जीवन रक्षाको लागि स्वास्थ्य क्षेत्रमा कार्य गर्दै आएको स्वास्थ्यको लागि सक्षम प्रणाली कार्यक्रमले USAID को सहयोगमा बुधबारका दिन कृष्णानगर नगरपालिकालाइ स्वास्थ्य समाग्री हस्तान्तरण गरेको छ।

sahani furniture udyog

स्वास्थ्यको लागि सक्षम कार्यक्रमले ५ लीटरको १८ थान सेनीटाइजर ,५ लीटरको १६ थान सोडियम हाइड्रोक्लोराइट, स्प्रे टैंक ९ थान गरि कृष्णनगर नगरपालिका स्वास्थ्य शाखा प्रमुख शंकर भट्टराईलाई हस्तान्तरण गरेको उक्त कार्यक्रमका प्राविधीक अधिकृत कमल चौलागाइले बताएका छन । यस विषम परिस्थितिमा स्वास्थ्यको लागि सक्षम कार्यक्रमले अत्यावश्यक स्वास्थ्य समाग्री उपलब्ध गराउदै अग्रपंन्तीमा खटेका स्वास्थ्यक्रमीहरुको लागि सराहनीय कार्य गरेकोमा स्वास्थ्य शाखा प्रमुख शंकर भट्टराईले धन्यावाद दिएका थिए।

यो बिषमप्रस्थिती बाट आफू र देशका समग्र जनतालाई बचाउनको लागि सुरक्षित घरमैं बसी अनावश्यक घरबाट बाहिर नजान अतिआवश्यक काम परेर मात्र घरबाट बाहिरा जान र जानै पर्यो भनेपनि उचित स्वास्थ्य मापदन्ड अपनाइ मात्रै घरबाट बाहिरा जानको लागि उक्त कार्यक्रमका प्राविधिक अधिकृत कमल चौलागाइ तथा स्वास्थ्य शाखा प्रमुख शंकर भट्टराईले सबै संग अनुरोध समेत गरेका छन् ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.