

राज कुमार चमार, जेष्ठ ५, कपिलवस्तु ।
जिल्लाको शुद्धोधन गाउँपालिका वडा नं.३, अन्तर्गत रहेको रियल समुदायिक कृषि सहकारी संस्था लि. को ( ५० केभि )को ट्रान्सफारमर चोरी भएको छ ।

गत रात अज्ञात समूह द्वारा ट्रान्सफारमर फुटाइ तामाको वाइर लगायत भित्रका मुख्य समान चोरी गरिएको छ । मुख्य समान चोरी गरेपछि चोरहरुले ट्रान्सफारमरको खोल त्यही फालेर गएका छन् । यो चोरी कुनै नयाँ घटना होइन यस गाउँपालिकामा यस्ता ट्रान्सफारमर चोरीका घटना पहिले पनि भैसकेको छ । चोरी भएपछि संस्थाले आफ्नो लेटरपैडमै निवेदन लेखि स्थानीय प्रहरी कार्यलयमा बुझाइ आवस्यक कारबाही र अनुसंधानको माग गरेको छ ।
यसैगरी यस ट्रान्सफारमर चोरी बारे अनुसंधान गर्ने स्थानीय प्रहरी चौकी लबनीका ईन्चार्ज बामदेव पौडेलले बताएका छन् ।
