बझाङ जिल्ला खेलकुद विकास समिति अध्यक्ष पदमा पुष्पलाल रोकाया “ज्वाला गुरु” नियुक्त

0
Quantam abroad studies

उत्तमकुमार थापा , बझाङ
बझाङ जिल्ला खेलकुद विकास समिति अध्यक्ष पदमा आज बसेको प्रदेश अस्थायी राजधानी धनगढीमा सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी को अध्यक्षतामा सुदुरपश्चिम प्रदेश खेलकुद परिषदको बैठकले खप्तड छान्ना गाउपालिका – ७ गडरायका पुष्पलाल रोकाया ” ज्वाला गुरु ” लाई नियुक्ति दिइएकोछ ।

क्योकुशिन करातेका अन्तर्राष्ट्रिय पाँचौ डन उपाधि प्राप्त पुष्पलाल रोकाया “ज्वाला गुरु” नेपाल क्योकुशिन कराते संघ-KWF Nepal का अध्यक्ष र चिपकोच पनि हुन । उहा चर्चित करातेका आकर्षक खतरनाक कला प्रदर्शक हुन जहा :- बल्दै गरेको आगोको मुस्लो मा टाउकोले टाइल फोर्ने , टाउकोमा इट्टा राखी घनले फोर्ने , पेटमा 2 कुइन्टल ढुङा राखि घनले फोर्ने , फेटमा बाइक कुदाउने लगायतका प्रदर्शन कार्य गर्दै आउनु भएको यथार्थ देखिन्छ ।

पुष्पलाल ज्वाला गुरु मार्शल आर्ट फुल कन्ट्याक्ट करातेका राष्ट्रिय/अन्तर्राष्ट्रिय खेलाडी हुन साथै राष्ट्रका लागि फुल कन्ट्याक्ट करातेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मेडल लिष्ट खेलाडी उत्पादन गर्न सफल ब्यक्तित्वका रुपमा स्थापित छ्न । बिभिन्न खेलको ज्ञान र खेल्ने कला सङै नेतृत्व सिप भएका बहु प्रतिभाशाली खेलाडी ज्वाला गुरु किसोरा अबस्थामा स्थानीय स्तरमा भलिबल, कृकेट , चेस जस्ता खेलका आयोजना गर्नुहुन्थ्यो भने पछिल्लो समयमा बझाङ जिल्लामा करातेका ३ पटक जिल्ला स्तर, १ पटक क्षेत्रीय र १ पटक अन्तर्राष्ट्रिय प्रतियोगिता को आयोजना सफलता का साथ सम्पन्न गरे भने खेलकुद बिकासका लागि जिल्लामा खेलकुद अभियान , बिभिन्न स्थानमा आकर्षक कला प्रदर्शन र सेमिनारकाे समेत आयोजना गर्नु भएको थियो ।

अध्यक्षमा नियुक्त भएका राेकाया बझाङ जिल्ला नेकपा (एमाले) का निडर युवा नेता उदाउदै गरेका चर्चित बैचारिक कुशल संगठक, खेलाडी र विद्यार्थी का ढुकढुकी पृय नेताका रुपमा पनि चिरपरिचित छन । पुष्पलाल रोकाया ” ज्वाला गुरु ” खेलकुदको जिल्ला अध्यक्षमा नियुक्ति हुदा जिल्लाका युवा खेलाडीहरुमा खुशियाली छायको छ । उहा अध्यक्षमा नियुक्ति हुदा जिल्लाको खेलकुदमा परिवर्तन आउने सङै खेलकुद गतिबिधी र खेलकुद संरचनामा पनि बिकास हुनेमा युवा खेलाडीहरुको आशा पलायको छ ।

Leave A Reply

Your email address will not be published.