

कपिलवस्तु , जेठ ७
कपिलवस्तु नगरपालिका वार्ड नम्बर ३ सडवा स्थित ४ नं. तौलिहवा सडक खण्डमा तौलिहवा तर्फ मोटरसाइकलमा आउदै गरेको बखत कपिलवस्तु नगरपालिका १ निवासी ३४ वार्षिय दिपक पाण्डे , भारत जिल्ला बस्ति थाना मुण्डिलवा ग्राम टिकौरा बस्ने ३६ वार्षिय मोहमद ईसाद खान , भारत जिल्ला सिदार्थनगर ग्राम चेतरी बजार बस्ने बर्ष २६ को ईयाज अख्तर मुसलमान माथि जेठ ५ गते अज्ञात समुहले तिन राउन्ड गोलि हानी फरार भएका थिए ।
उनीहरुमाथी अज्ञात मोटरसाईकलमा आएका ३ जना व्यक्तिहले पेस्तोलबाट ३ राउण्ड गोली फायर गरी दिपक पाण्डे र ईयाज अख्तर मुसलमानलाई घाईते बनाई फरार भएका थिए । प्रहरीले अनुसंधान गर्दै जादा फरार मध्येका सो घटनामा संलग्न २ जनालाई पक्राउ परेका छन् ।

उक्त घटनामा संलग्न कपिलवस्तु वाड नम्बर १ आन्नदबाग बस्ने बर्ष ३९ का ओम प्रकाश यादव र वाड नम्बर २ सगरटोल बस्ने बर्ष ३३ का साकीर अली पाखियालाइ पक्राउ गरिएको छ । जेठ ५ गते राती प्रयोग भएको मोटरसाइकल लु १६ प ३४९७ नम्बरको २२० सिसीको पल्सर मोटरसाइकलमा ओम प्रकाश यादवको रहेको छ । ओम प्रकाश यादवले प्रयोग गर्ने गरेको मोवाईल थान-२ र 7.65 m m लेखिएको जंगी राउण्ड थान-१ र खोका थान-१ सहित जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको बिशेष अनुसन्धान टोलीले उनिहरुलाइ पक्राउ गरी थप अनुसन्धान कार्य भई रहेको छ ।

