नेपाल कम्युनिष्ट पार्टीले संसद विघटन सम्बन्धमा जारी गरेको बिज्ञप्तिको पुर्ण पाठ

0
Quantam abroad studies

नेपाल कम्युनिष्ट पार्टीले हिजाे माैजूदा संसद बिघटन गरेकाे बारे एक बक्तब्य प्रकाशित गर्दै अाफ्नाे दृष्टिकाेण प्रष्ट पारेकाे छ । पार्टीका संयाेजक ऋिषिकट्टेलद्वारा प्रकाशित बक्तब्य यस प्रकार रहेकाे छ :

७ जेठ २०७८ राति राष्ट्रपति विद्या भण्डारीबाट मौजुदा प्रतिनिधि सभा पुनः विघटन भएको घटना प्रति पार्टीको ध्यान गम्भीर रुपमा आकर्षित भएको छ।यस सम्बन्धमा पार्टीको दृष्टिकोण केन्द्रीय कार्यालयको तर्फवाट यो प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरिएको छ ।

१) संविधान सभाको निर्वाचन, संविधान सभाबाट जारी भएको संविधान, त्यस अनुसार भएको निर्वाचन र झण्डै दुई तिहाई बहुमत भएको सरकारले पनि देशको सामु विद्यमान संकटको समाधान दिन नसकी,संसदवादीहरु बीचको आन्तरिक झगडाका कारण, संसद रहँदा पनि क्रियाशील नहुनु र पटकपटक विघटन हुनु केवल संसदवादी दलहरुको अयोग्यताको कारण मात्र नभई सिङ्गो संविधान र संसदीय व्यवस्थाको असफलताको द्योतक हो । साथै वर्तमान दलाल नोकरशाही तथा सामन्ती राज्य सत्ता र नेपाली जनता बीच चलिरहेको अन्तर विरोधको प्रकट रुप हो ।

sahani furniture udyog

२) राष्ट्रियता, जनतन्त्र र जनजीविका लगायत देशको हर क्षेत्रमा विद्यमान संकटको निकास वर्तमान सत्ता र यस अन्तरगत हुने संसदीय वा अन्य चुनावहरुले दिन सक्दैन भन्नेकुरा यस घटनाले पुनर्पुष्टि गरेको छ ।

३) विद्यमान राजनीतिक संकटको निकासको लागि १) शान्तिपूर्ण निकासको लागि २००७ , २०४७ तथा २०६३ का आन्दोलनमा संलग्न राजनीतिक शक्तिहरुको राजनीतिक समिक्षा सभा, प्रगतिशील वैकल्पिक सरकार, वर्तमान राज्यसत्ताको विघटन र जनताको नयाँ जनवादी गणतन्त्रको स्थापना वा २) अन्यथा आम उत्पीडित वर्ग समुदाय , क्रान्तिकारी देशभक्त , प्रगतिशील तथा आम सामन्तवाद साम्राज्यवाद विरोधी शक्तिहरुको संयुक्त जनक्रान्ति द्वारा वर्तमान राज्यसत्ताको विस्थापन र जनताको नयाँ जनगणतन्त्रको स्थपना हो भन्ने पार्टीको निस्कर्ष रहेको छ ।

४) तसर्थ यदि सत्ता शान्तिपूर्ण विकल्पको पक्षमा तयार हुदैन भने संसदवादीहरुको कथित निर्वाचन वा संसद पुनस्र्थापनाको भद्दा प्रहसनमा नअल्झी संपूर्ण क्रान्तिकारी शक्तिहरुलाई एकतावद्ध भएर संयुक्त जनक्रान्तिको दिशामा अघि बढ्न नेपाल कम्युनिष्ट पार्टी आग्रह गर्दछ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.