

नवीन निर्भय यादव , सप्तरी , जेठ ९
जिल्लामा आगलागि हुँदा ५ घर र ६ लाख नगद जलेर नष्ट भएको छ। सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नम्बर १० रन्जितपुरमा आईतबार दिउँसो आगलागि हुदा पाँच वटा घर र लगभग ६ लाख रूपैया जलेर नष्ट भएको स्थानीयहरूले बताएका छन् ।
सो आगो स्थानिय भरत चौधरीको परालको टालबाट निस्केको आगो छिमेकी बन्हु चौधरी , उमाकान्त चौधरी, शोभाकान्त चौधरी र लक्ष्मि कान्त चौधरीको घरमा पालैपालो आगो लागेको थियो । उक्त आगलागी पछि ति घर जलेर नष्ट भएको छ । उक्त आगलागीमा घर निर्माण गर्नकालागि बन्हु चौधरीले जम्मा गरि रखेको नगद ६ लाख रुपैयाँ जलेर खरानी भएको पिडितले बताएका छन् ।

यसैगरी आगलागीमा १२५ सिसिको डिसकोभर मोटरसाइकल जलेको र आफनो घरको सम्पुर्ण समाग्री जलेर खरानी भएको बताउदै शोभा कान्त चौधरीले दुखेसो पोखेका छन् । उमा कान्त चौधरी अनुसार आगलागीमा लगभग घरभित्र रहेका ३-४ लाखको सुनचान्दीको समान समेत डढेको छ । त्यस आगलागीमा खाद्यन्न , लत्ताकपडा , भाडार्वतन नगदजिन्सी र घर भित्र रहेको काठ , फर्निचर जस्ता मालसामान जलेर खरानी हुँदा करिब रु २० लाख मुल्यबाराबरको क्षति भएको इलाका प्रहरी कार्यालय पातोले जनाएको छ ।
आगोलाई स्थानियबासी तथा प्रहरी र हनुमान कंकालनि नगरपालिकाका बारुण यन्त्रले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
