कपिलवस्तुमा एक सातालाइ निषेधाज्ञा थप संक्रमण रोक्न सहायक बन्दै

0
Quantam abroad studies

कपिलबस्तु , जेठ ९
कोरोना महामारीका कारण जिल्लामा जारी रहेको निषेध आज्ञा आज पुन थप गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा कपिलवस्तुमा बसेको बैठकले एक साता निषेधाज्ञा थप गरिको छ । जारी रहेको निषेधआज्ञाको अन्तिम दिन जेठ १० रहेको थियो भने आज जेठ ११ देखि १७ गते सम्म निषेधाज्ञा थपिएको प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले बताउनुभएको छ ।

जिल्लामा कोरोना संक्रमण फैलिदै गएपछि जिल्ला प्रशासन कार्यालयले निषेधआज्ञा जारी गरेको थियो । तर अहिले पनि संक्रमितको संख्या धेरै रहेको र पुर्ण रुपमा नियन्त्रणमा आइनसकेकोले तेस्रो पटक निषेधआज्ञा जारी गरिएको छ ।
कपिलवस्तुका बुद्धिजीवीले बताए अनुसार बिगतमा निषेधआज्ञा जारी नगरिएको भए जिल्लामा संक्रमण दर निकै उच्च भएर जिल्लाको स्थिति भयावह हुने थ्यो ।

निषेधआज्ञाले कोरोना संक्रमणको चेन तोडन मद्दत पुगेको र संक्रमण तिब्र रूपमा फैलिनाबाट रुकेको छ । यसैगरी बिज्ञले निषेधआज्ञाको सहि रुपमा पालना भए कोरोना संक्रमण चाडै नियन्त्रणमा आउन सक्ने संभावना रहेको बताएका छन् ।

Leave A Reply

Your email address will not be published.