Black Fungus(ब्लाक फङगस)/ Mucormycosis को बारेमा जानकारी दिदै : मेडिकल अधिकृत डा . मुकेश कुमार चौधरी

कपिलवस्तु।
अहिले कोरोना महामारीबाट पुरै विश्व अतांकित भएको छ।कोरोना संग लडिराख्दा अर्को रोग Black Fungus नाम गरेको भाईरस देखिएको पाइन्छ। जुन आजभोलि यसले धेरै त्रसित बनाएको समाचार आउन थालेको छ। भारतमा यो एउटा अर्को महामारीको रुपमा फैलिएको छ। नेपालको कतिपय ठाउँमा पनि देखा पर्न थालिसकेको छ।
यो महामारीको बारेमा शिवराज हस्पिटलका मेडिकल अधिकृत डा. मुकेश कुमार चौधरीले यसरी बताउनुहुन्छ।
•के हो यो बिमारी?
यो एक प्रकारको ढुसी जस्तै जिवाणु (Fungus) ले गर्ने रोग हो!
•कसलाई हुने सम्भावना हुन सक्छ?

यो COVID 19 भएका जसमा उच्च सुगर भएको, ICU वा हस्पिटलमा लामो समय अक्सिजनमा बसेको, लामो समयसम्म steroid जस्तै डेक्सोना आदि चलाएको, दिर्घ रोग भएको आदिमा धेरै जसो देखिने गर्छ!
•लक्षणहरु
-आँखा वा नाकमा वा वरिपरी रातो हुने वा कालो हुने
-दात, गिजा, टाउको, मुख दुख्ने
-नाकबाट रगत वा कालो बग्ने
-छाती दुख्ने, रगत उल्टि आउने
-आँखा देख्न कम हुने
-ज्वरो आउने, खोकी लाग्ने, टाउको दुख्ने, मानसिक अवस्थामा परिवर्तन आउने
-आदि
• यस्तो अवस्थामा के गर्ने?
-यस्तो अवस्था आएमा चिकित्सक संग परामर्श गर्ने
-यो लक्षणहरु आउदैमा सबैलाई Black Fungus भयो भन्ने हुदैन, त्यसैले सुरुमै नाआत्तिने।
-बेलैमा सहि परामर्श र उपचार पायो भने यो रोग निको हुन्छ।
-साबधानीको तरिका अपनाइरहने।
