निषेधाज्ञा थपियो, खाद्य र तरकारी पसल पनि खोल्न नपाइने

0
Quantam abroad studies

काठमाडौं– काठमाडौं उपत्यकामा गत वैशाख १६ गतेदेखि जारी निषेध आदेश जेठ २० गतेसम्म थपिएको छ।काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले जेठ २० गतेसम्म निषेध आदेश जारी राख्ने निर्णय गरेको हो।थप गरिएको अवधिमा खाद्यान्न, किराना पसल, तरकारी पसल तथा बजार, डिपार्टमेन्ट स्टोरलगायत अन्य पसल पूर्ण रूपमा बन्द गरिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए। उनका अनुसार थप भएको निषेध आदेश पहिलेभन्दा कडा हुनेछ।यस्तै बैठकले मर्निङ वाक र इभिनिङ वाकमा रोक लगाउने र अत्यावश्यक बाहेक काममा हिँडडुल गर्न नदिने निर्णय गरेको छ।बैठकले सरकारी कर्मचारी, सार्वजनिक संस्थान, बैंक र इन्टरनेट सेवाप्रदायकका कर्मचारीहरूलाई पनि निश्चित समयमा मात्रै हिँड्न दिने निर्णय गरेको छ। बिहान ९ः३० देखि १०ः३० र बेलुका ५ देखि ६ बजेसम्म कार्यालय आवतजावतका लागिमात्रै सवारीसाधन चलाउन पाउने निर्णय भएको छ।

sahani furniture udyog
sahani furniture udyog
Leave A Reply

Your email address will not be published.