नागरिकता अध्यादेशको बिरोधीप्रति एमाले नेतृ रन्जु झा ठाकुरको प्रश्न?

0
Quantam abroad studies

सप्तरी , राजविराज
नागरिकता सम्बन्धि अध्यादेश आज राष्ट्रपतिबाट जारी भएपछि यसको बिरोध गरिरहेकाहरुलाई नेकपा (एमाले )नेतृ तथा संविधानसभा सदस्य रन्जु झा ठाकुरले प्रश्न गर्नुभएकी छिन ।

आज जारी भएको नागरिकता सम्बन्धि अध्यादेशले तराईमा जसपा महन्थ -राजेन्द्र समुह आबद्ध नेताकार्यकर्ता र नेकपा एमाले नेताकार्यकर्ताहरुले खुशियालीमा दीप प्रज्वलन गरिरहेका छ्न भने बिपक्षी राजनीतिक दलले कटाक्ष गरिरहेको देखिन्छ । यसै सन्दर्भमा नेतृ झाले विपक्षलाई संविधानले अंगिकार गरेको व्यवस्था प्रती बिरोध किन भनेर प्रश्न गर्नुभएको हो। जारी भएको नागरिकता सम्बन्धि अध्यादेश -२०७८ र संविधानको धारा ११ मा भएको व्यवस्था अध्ययन गरेर फरक परेको खण्डमा बिरोध गर्न मिल्थ्यो भन्नुभयो ।

sahani furniture udyog

आज जारी भएको नागरिकता सम्बन्धि अध्यादेश -२०७८ संविधानको धारा ११ को व्यवस्थालाई कार्यविधी सम्बन्ध कानुनमा रूपान्तर गर्न प्रस्तुत अध्यादेश आएको देखिन्छ ।यदि हामी नेपालको संविधान २०७२ लाई अंगिकार गर्दै छौँ भने अध्यादेशको बिरोध किन?भनेर अध्यादेशको बिरोधिलाई प्रश्न गर्नुभयो।

दोस्रो संविधानसभाको सदस्य समेत रहेकी नेतृ झा नेकपा( एमाले)को प्रभावशाली नेता हुन।!

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.