निषेधाज्ञाको बेला बिजयनगर गा.पा.मा पर्ने खोलामा मेसिन प्रयोग गरि दोहन हुँदै ।

0
Quantam abroad studies

शहबाज खान/कपिलवस्तु
कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नं. १ मा पर्ने बिसवा खोलामा स्काभेटर प्रयोग गरेर मनपरि बिसवा खोला दोहन गरेका छन। गाउँपालिकाले अमानतमा नदीजन्य पदार्थ निकासी गराई रहेको बिसवा खोलामा एक दर्जन भन्दा बढ़ी टिप्पर तथा ठुला औजार स्काभेटर प्रयोग गरि नियम विपरित नदीजन्य पदार्थ निकासी गरिरहेका छन।

बुधबार दिनको करिब १२ बजेको समयमा बिसवा खोलामा ४ वटा टिप्पर तथा एउटा ठुलो औजार स्काभेटर लगाई नदीजन्य पदार्थ स्काभेटरले खन्न गरि टिप्परमा लोड गरिरहेका थिए। स्रोतअनुसार बिसवा खोला दोहन गर्ने काम निरन्तर भइ रहेको छ र सम्बन्धित निकायहरु मौन बसेका छन । केही दिन‌ पहिलापनि खोलामा स्काभेटर र टिप्पर भेटेका थिए स्थानिए भद्रभलादमी हरुले खोलामा के कस्तो कुन मापदण्डले निकासी भइ रहेको बारे स्थलगत बुझना जादा खोलामै स्काभेटर भेटेका थिए वहाहरुको पुग्ने बित्तिकै इलाका प्रहरी कार्यलय गणेशपुरको टोली पनि पुगेका थिए उक्त घटना बारे ईप्रका गणेशपुर प्रहरी निरीक्षक रणबहादुर बिष्ट अनुसार स्काभेटर खोला भन्दा बाहिर कतै काम गरि रहेको बेला बिग्रेका थिए स्काभेटर बनाउनलाई मिस्त्री समेत आएका थिए र काम गरिरहेको ठाउँमा बढ़ी घाम हुनको कारणले खोलाको छेउमा शीतल रहेकोले स्काभेटर त्यही शीतल ठाउँमा राखि बनाइरहेका थिए।

बुधवार १२ बजे दिउसोको बिषयमा विजयनगर गाउँपालिका अध्यक्ष गोपाल थापाबाट बुझ्दा वहाँको भनाइनुसार चोरीनिकासी गर्ने नियतले एउटा टोली खोलामा पसेका थिए। हामीले स्थानिय मान्छेलाई परिचालन गरि नियन्त्रणमा लिन खोज्दा उनीहरु भाग्न सफल भए । हामीले एक जना मान्छे लाई रोयाल्टी काट्नको लागि खटाएका छौं । खोलामा कोही मान्छे नभएको मौका छोपी चोरी निकासी गर्न खोजेंको बताए ।

sahani furniture udyog

दिनको १२ बजेको समयमा ठुला स्काभेटर र टिप्पर लिए र चोरी गर्ने मान्छे कसरी भाग्यो यदि भाग्यो भने भाग्दा कसैले गाड़ीको नम्बर पनि देखेन्न भन्ने प्रश्न स्थानिले उठाईरहेका छन। यो भन्दा पहिले पनि खोलामा नै स्काभेटर स्थानीयले समातेका तर अनेक बहाना बनाइ गाउँपालिका र प्रशासनले ढाकछोप गरेका थिए ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.