

दिपक जैसवाल , जेठ १३ गते
रुपन्देहीको कन्चन गाउँपालिकाले होम आइसुलेसनमा बसेका बिरामीहरुलाई घरमै गएर भेटघाट गरेको छ । कन्चन गाउँपालिका भित्र अहिलेसम्म ८ को मृत्यु भएको छ भने ७ जना लुम्बिनी हस्पिटल र अन्य हस्पिटलमा उपचार भैरहेको छ । यस्तै अहिले दोस्रोचरणको कोभिडीमा १०० भन्दा बढिले कोरोना जितेर घरमै बसिरहेको स्वास्थ्य शाखा प्रमुख रामप्रसाद गौतमले जानकारी दिनु भयो।
उहाँले अहिले गाउँपालिकामा रहेकोको संक्रमित भन्दा निको हुनेको संख्या बढेको उहाँको भनाइ रहेको छ । स्वास्थ्य शाखा प्रमुख गौतमको भनाइ अनुसार अहिले होमआसुलेसनमा बसिरहेका सबैको पालिका प्रमुख गोकर्ण बहादुर क्षेत्री उपाध्यक्ष गोमा तरामु र प्रमुख प्रशासकीय लेख बहादुर बस्नेत लगाएत प्रत्येक वाडका स्वास्थ्य चौकी इन्चार्ज स्वास्थ्य क्रमी सबैले घरघरमा गएर सल्लाह सुझाव र उहाँहरुको अबस्था बुझने काम भैरहेको जानकारी दिनुभयो ।

हाम्रो कन्चन राम्रो कन्चनमा दिनेश घिमिरे संग कुरा कानी गर्दै अहिलेको अबस्थामा सबै घरमै बसेर मात्रै कोरोनालाई जित्न सकिने भन्दै ज्वरो आउने शरीर दुख्ने रुघाखोकी संकेत देखियमा स्वास्थ्य क्रमिको सम्पर्क रहन समेत अनुरोध गर्नु भयो । यस्तै उहाँले हप्ताको दुई पटक गजेडी स्वास्थ्य चौकि र रुद्रपुर हेल्थ पोस्टमा एन्टिजन र पि सि र ( pcr )को माध्यम बाट स्वाब कलेक्सन भैरहेको जारी ,जानकारी दिनु भएको छ ।
यसैगरी उहाँले यो समय आवश्यक बाहेक कन्चन र अन्य क्षेत्र का काम नपरी घर बाहिर नहिड अनुरोध गर्दै सञ्चार क्रमी पत्रकार सुरक्षाक्रमिको उल्लेखनीय भूमिकाको लागि धन्यवाद दिदै कुनै समस्या भए कन्चन गाउँपालिकार स्वास्थ्य शाखा जनताको साथमा रहेको उहाँको भनाइ रहेको छ।
