

लुम्बिनी प्रदेश , जेठ १७
लुम्बिनी प्रदेशको उपनिर्वाचनमा राष्ट्रियसभाका लागी कङग्रेस उम्मेदवार दृगनारायण पाण्डे विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी मानिएका नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरि पाण्डे बिजयी भएका हुन् ।
पाण्डेयले प्रदेशसभातर्फ ४२ र स्थानीय तह तर्फ ११८ जनाको मत पाएका छन् भने निकटतन प्रतिद्वन्द्वी खड्काले प्रदेशसभा तर्फ ४० र स्थानीय तहतर्फ ९४ जनाको मत पाएका छन् । प्रदेश तर्फ १ मत र स्थानीय तह तर्द २ मत बदर समेत भएको छ ।

विजयी पाण्डेय माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको साझा उम्मेदवार बनेका थिए भने एमालेका खड्कालाई जसपाको महन्थ ठाकुर पक्षको साथ रहेको थियो ।
यसैगरी निर्वाचनमा प्रदेशतर्फ ८३ र स्थानीय तहतर्फ २१४ गरी २९७ मत खसेको थियो ।
