शुद्धोधनमा कक्षा ३ अध्यनरत बालिका माथि जबर्जस्ती करणी आरोपित फरार

0
Quantam abroad studies

एस.एम.न्युज संवाददाता , जेठ १७
कपिलवस्तु शुद्धोधन गाउँपालिका वडा नं. १, प्रगतिनगरमा १३ बर्षाीय बालिका माथि जबरजस्तीकरणी भएको छ ।

स्थानिय मालती थारु (परिवर्तित नाम ) बालिका माथि बिहिवार छिमेकि ३१ वर्षीया सुनिल कुमार दुवेले आफ्नो घरमै करणी गरेको बालिकाको आमाले बताएकी छिन् । जगदीश दुवेका छोरा सुनील दुवे वाणगंगा नगरपालिका वडा नं. ३, सिउटी बाट दुई बर्ष अघि बसाई सरी यहाँ आएको स्थानीयले बताएका छन् ।

बालिकाले सो युवकको घरमा वाइफाइ रहेको र घर छेउको बाटोमा मोवाईल चलाईरहेको बेला दुई जना युवक दुवेलाई खोज्दै आएपछी निज बालिकाले दुबेलाइ बोलाउन तिनको घरमा पुगिन, दुवेले आएका दुबै जना युवाहरूलाइ घर बाहिर भेटेर युवाहरू फर्किसके पछी बालिकालाई लालईफकाई कोठाभित्र समाएर लगे र ढोका बन्द गरि जबर्जस्ती करणी गरेका जानकारी प्राप्त भएको छ ।

करणी पश्चात कसैलाई घटनाबारे भने पिट्छु, मार्छु भन्दै बालिकालाइ धम्की दिएका थिए। तर बालिकाले सो घटनाबारे छिमेकी अन्टीलाइ केहि कुरा बताइन् । त्यस घटना बारे छिमेकि अन्टीले थप सोधखोज गर्न थालिन् तर उनि पुरा घटना नभनी घरतिर लागिन । दोस्रो दिन मालती पुन अन्टी कहाँ पैसा माग्न पुगिन र तिनको अन्टिले थप सोधखोज गर्न थालेपछी उनले घट्नाको नालिवेलि बताइन् र घट्ना बाहिरिएको स्थानिय महिलाले बताएकी छिन् ।

sahani furniture udyog

उक्त घट्ना बिहिबार दिउँसो २/३ बजे तिर भएपनी घरकालाइ शुक्रवार मात्र थाहा भएपछी जिल्ला प्रहरी कार्यालयमा शनिवार मात्र घट्ना विरुद्ध उजुरी दर्ता भएको बालिकाको आमाले बताएकी छिन् । दुवेकी श्रीमती र छोराछोरी माईति गएको मौका पाई दुवेले बालिकालाई ललाईफकाई जबर्जस्ती करणी गरेको बताईएको छ । जबर्जस्ती करणीको आरोपित दुवे फरार रहेका छन् । बालिका स्थानिय विधालयमा कक्षा ३ मा अध्ययनरत् छिन भने ऊनी कम बोल्ने र कम बैद्दिक क्षमता भएको विधालयका शिक्षक विक्रम शाहले बताएका छन् ।

यसैगरी घट्ना दर्ता भैसकेको छ भने आरोपि फरार भएकाले खोजीकार्य जारी रहेको प्रहरी उपरिक्षक नवाराज आधिकरीले बताएका छन्।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.