समाचार लेखेकै विषयमा वडा नम्बर १८ का वडाध्यक्ष दिपक वर्माद्वारा पत्रकारलाई धम्की !

0
Quantam abroad studies

प्रेस स्वतन्त्रता माथि प्रहार
२९ जेठ, बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा कार्यालय नम्बर १८ मा बाटोको ठिक बीचमा रहेको ढलको विषयमा समाचार लेखेपछि वडाध्यक्ष दिपक वर्माले फोन गरेर पत्रकारलाई धम्क्याएका छन ।

कारकादो देखि पश्चिम् तर्फ जाने विशाल चोक अन्तर्गतको बाटोमा निर्माण गरिएको बाटोको ढलको ढक्कन भत्किएर रातिको समयमा दुर्घटना निम्त्याउने खतरा बढे पछि नील खबरले शुक्रवार समाचार सम्प्रेषण गरेको थियो ।

जस पछि आर्को दिन शनिवार ११:४५ बजेको समयमा नील खबरकि संगीता पाठकलाई वडाध्यक्ष वर्माले कल गरेर समाचार किन लेखेको विषयमा प्रश्न गर्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा तनाउने धम्की दिएका छन ।

sahani furniture udyog

जबकी शुक्रवार समाचार सम्प्रेषण गर्न अघि नै वडाध्यक्षलाई बिस्तृत बुझ्न सम्पर्क गरिएको थियो तर उनले बहाना बनाएर आर्को दिन कल गर्न भनेका थिए । आर्को दिन भन्नले आज ‘शनिवार’ हो ।

अध्यक्षले धम्की दिदै भने,’दिपक वर्मा को हो भन्ने तिमीहरु आइतबार बुझ्छाैं, आज शनिबार छ त्यसैले भोलि आइतबार जिल्ला प्रहरीमा तान्न लगाउन’ धम्क्याएका छन ।
जबकी समाचारको विषयमा सम्बन्धित निकाय, र चित्त नबुझे अन्य उपाय पनि छ ।’ समाचार प्रति गुनासो रहेमा वा चित्त नबुझेमा त्यसउपर उजुर गर्ने र न्यायिक प्रक्रिया मार्फत् त्यसलाई सम्बोधन गर्ने कानुनी मार्ग रहँदारहँदै त्यसलाई बेवास्ता गरी पत्रकारलाई धम्क्याउनु र अभद्र व्यवहार गरिनु निन्दनीय कार्य हो ।

कुनैपनि समूह वा व्यक्तिबाट प्रकाशित समाचारलाई लिएर पत्रकारलाई धम्की दिइनु प्रेस स्वतन्त्रता विरूद्धको कार्य हो ।
बिगत देखै नै पत्रकारले समाचार लेखेकै कारण विभिन्न तरिकाले प्रेस स्वतन्त्रता माथी नै प्रहार हुने खालका कार्य हुँदै आएको भए पनि हाल सम्म सम्बन्धित निकायले उचित कानुन व्यवहारिक रुपमा उतार्न सकेको छैन । उक्त कार्य प्रति नील खबर अन्लाईन मिडिया प्रा.लि. ले घोर निन्दा व्यक्त गरेको छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.