बैंक तथा बित्तीय संस्था पुर्णरुपले खुल्ला हुनेगरी निषेधआज्ञा थप

0
Quantam abroad studies

कपिलवस्तु , तौलिहवा
कपिलवस्तुमा पुन एक हप्ताका लागी निषेधाज्ञा थप गरिएको छ । जिल्ला कोरोना नियन्त्रण समन्वय समिती डिसिसीएमसीको आज बसेको बैठकले असार ७ गते सम्म निषेधाज्ञा थप गर्ने निणर्य गरेको हो ।

यसपटक नीजि सवारी साधन संचालन गर्न दिने निणर्य गरिएको भएपनि सार्वजनिक यातायातहरु संचालन हुन अझै कुर्नु पर्ने हुन्छ । यसअघि बैंक तथा बित्तिय संस्थाहरु हप्ताको दुइ पटक दुइ घन्टालाइ मात्र संचालन हुने भएकाले बैंक तथा बित्तीय संस्थामा अत्यधिक भिड हुने गरेको थियो । चौतर्फी बिरोध र बैंकमा भैरहेको भिडलाइ मध्यनजर गर्दै यस पटक भने बैंक तथा बित्तीय संस्थाहरु पुर्ण रुपमा खोल्ने निर्णय गरिएको छ ।

यसैगरी पसलहरुको हकमा होटेल रेस्टुरेन्ट लगायत भिडभाड हुने पसलहरु बाहेकका पसल बिहान नै बजे देखी आझा पाँच बजेसम्म संचालनमा आउने गरि निर्णय भएको जिल्ला प्रशासन कार्यलय कपिलवस्तुले जनाएको छ ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.