प्रहरीद्वारा १७ सय २० लिटर अवैध मदिरा नष्ट

0
Quantam abroad studies

उत्तमकुमार थापा , बझाङ
जिल्ला प्रहरी कार्यालय बझाङद्वारा अवैध मदिरा नष्ट गरिएको छ । केही समय अगाडि जयपृथ्वी नगरपालिका वडा नम्बर १० चैनपुर बजारमा रहेका विभिन्न हाेटलहरुमा छापा हान्दै बरामद गरेकाे १७ सय २० लिटर मदिरा अाज जिल्ला प्रहरी कार्यालय बझाङकाे कार्यालय परिसरमा रहेकाे एक खाल्डाेमा गाडीएकाे ईन्सपेक्टर कमल प्रशाद चाैधरीले बताए ।

उनले भने अहिले काेभिड १९ बाट अाफु पनि बचाै अरुलाई पनि बचाउ भन्दै केही टिनका टहरामा भिडभाड हुने गरेको थाहा पाएपछि प्रहरीले छापा हान्दै ठुलाे परिणाममा बरामद गरेकाे ईन्सपेक्टर चाैधरीकाे भनाइ छ ।

sahani furniture udyog

पछिल्लो समयमा यसरी जाड रक्सीले विभिन्न घटना हुने गरेकाे हुदा गरेको बताउदै उनले भने बाहिरी बाट अाउने रक्सि किन नियन्त्रण हुन सक्दैन भन्नेमा धेरैको चासाे हुन सक्छ । जवाफ सँगै बाहिरी बाट अाएकाे रक्सिकाे लाईसेन्स हुन्छ तर त्यसवाट घटना घटेमा समात्न सकिन्छ याे चाहिँ अवैध प्रकृयाबाट बनेको जाड हाे ।

यसरी नराम्रो कामलाई अगाडि बढाउनु भन्दा त राम्रो व्यावसायिक बन्नु उचित हुने उहाँको भनाइ छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.