जिल्ला प्रहरी कार्यालय रुपन्देहीको मासिक स्वास्थ्य चेकजाँच कार्यक्रम सम्पन्न

0
Quantam abroad studies

दीपक जैसवाल , जेठ २९ , रुपन्देही
जिल्ला प्रहरी कर्यालयले रुपन्देहीले मासिक स्वास्थ्य चेकजाँच कार्यक्रम संचालन गरेको छ । डिउटीमा खटिएका सम्पुर्ण प्रहरीहरु कर्मचारीले आफ्नो काम कारबाहीलाई प्रभावकारी बनाउनका लागि प्रतेक प्रहरी कर्मचारी शारिरीक र मानसिक रुपमा स्वस्थ्य हुनु आवश्यक हुन्छ ।

sahani furniture udyog

यसै उदेश्यका साथ सम्पुर्ण प्रहरी कर्मचारीको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी यस Covid-19 को बिषम परिस्थितिमा स्वास्थ्य मापदण्ड सहित कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको नियमित स्वास्थ्य जाँच कार्यक्रम गर्नुपर्ने आवस्यकता महसुस भएकोले मासिक स्वास्थ्य जाच कार्यक्रम सम्पन्न भएको छ ।

यसैगरी जिल्ला प्रहरी कार्यालय रुपन्देहीको परिसरमा संचालन गरिएको मासिक स्वास्थ्य चेकजाँच कार्यक्रममा प्र.ना.नि.९ जना, प्र.स.नि.१९ जना, प्र.ह.४६ जना, प्र.ज.१०४ जना र प्र.का.स.११ जना गरी जम्मा १८९ जनाको प्रारम्भिक स्वास्थ्य जाँच गरिएको प्रहरी उपरीक्षक मनोज के. सि. ले जानकारी दिनु भएको छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.