यशोधरा गाँउपालिकामा डिजिटल सेवा केन्द्रको उद्घाटन

0
Quantam abroad studies

कपिलबस्तु , चैत्र ९
जिल्लाको यशोधरा गाँउपालिकामा डिजिटल सेवा केन्द्रको उद्घाटन गरिएको छ ।

गाँउपालिकाको वडा नं. ३, ४, ५ र ६ गरी ४ वटा वडामा सो केन्द्रको उद्घाटन गरिएको हो । सेवा सञ्चालन गर्न यशोधरा गाउँपालिका तथा लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालय बीच भएको दुईपक्षिय सम्झौता भएको हो ।

सो कार्यक्रम अन्र्तगत गाँउपालिकाको आठ वटै वडामा गठन गरिएको डिजिटल सेवा चार वटा वडाबाट सेवाको शुरुवात गरिएको पालिका अध्यक्ष शिव दयाल तिवारीले बताउनुभयो । ति वडामा सञ्चालन गरिएको सेवाबाट वडाहरुमा घटना दर्ता लगायतको सेवा अब दु्रत गतिमा हुने उहाँले बताउनुभयो ।

कार्यक्रममा विभिन्न वडाका वडाध्यक्ष, स्थानिय सामाजसेवी लगायतको सहभागिता रहेको थियो ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.