काठमाडाैं । सोमवार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटका प्राथमिकता र सिद्धान्त (प्रि– बजेट) माथिको छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा मिलीजुली एक अर्कालाई जोगाउने काम नगर्न खबरदारी गरेका छन् । यो भ्रष्टाचार काण्डलाई सिंगो अन्तर्राष्ट्रिय समुदायले हेरिरहेको उनले बताए । लामिछानेले नक्कली शरणार्थी प्रकरणमा दलहरूले दोषीलाई जोगाउने काम गर्न लागेको आशंका गरेका समेत गरे ।
‘अहिले भएको भ्रष्टाचार काण्डमा ताप्केको बिँड तात्यो, तात्दै गरेको ताप्के सेलाएको छ । सिंगो अन्तर्राष्ट्रिय समुदायले हेरेको छ । दोषी कोही नउम्किउन् । मिलीजुली एकअर्कालाई जोगाउने काम नहोस् । यसलाई हामीले अत्यन्तै नजिकबाट हेरिरहेका छौं,’ लामिछानेले भने ।