
तानसेन । मगंलबार बिहान पाल्पाको रामपुरमा करेन्ट लागेर एक युवाले ज्यान गुमाएका छन् । रामपुर नगरपालिका-५ भम्बक निवासी ३४ वर्षीय गोबिन्द कुमालको घाँस काट्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हाे । बारीमा रहेको काब्रोको रुखमा चढी घाँस काट्ने क्रममा नजिकै रहेको बिजुलीको नाङ्गो तारमा घाँसको डाला अड्किएको र उक्त डाला निकाल्ने क्रममा अचानक करेन्ट लागी घाईते भएका उपचारको लागि रामपुर अस्पताल पाल्पा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका जानकारी दिएकाे छ ।

