देशको ६४ औं जिल्लाको रुपमा कपिलवस्तु साक्षर जिल्ला घोषणा

0
Quantam abroad studies

कपिलवस्तु , असार ३१
कपिलबस्तुलाइ साक्षर जिल्ला घोषणा गरिएको छ । कपिलवस्तु साक्षर घोषणा भएको देशको ६४औं र लुम्बिनी प्रदेशको १२ औं जिल्लामा पर्दछ । कपिलवस्तु नगरपालिकाको सभा हलमा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहेका प्रदेश सभा सदस्य सुधाकार पाण्डेले कपिलवस्तुलाइ साक्षर जिल्ला घोषणा गरेका थिए ।

सो अवसरमा बोल्दै प्रदेश सभा सदस्य पाण्डेले लुम्बिनी प्रदेश सरकारले शिक्षालाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले घोषणा गरेर मात्र भएन यसलाई दिगोपन दिनको लागि सबै लाग्नु पर्ने बताउनुभयो । साक्षर घोषणा अभियानलाई सफल बनाउन स्थानिय तहको महत्वपूर्ण भुमिका रहने सदस्य पाण्डेको भनाई छ । कपिलबस्तुका दशवटै पालिकालाई साक्षर घोषणा गरिएसँगै जिल्लालाई साक्षर घोषणा गरीएको हो । शिक्षा विकास तथा समन्वय इकाई कपिलबस्तुका प्रमुख थानेश्वर घिमिरेका अनुसार हाम्रो साक्षरता दर १५ देखि ६० वर्ष उमेरका जनसंख्यालाई लिइएको बताउनुभयो । साक्षर हुनको लागि १२ वटा सुचकहरु मध्ये छ वटा अर्थात ५० प्रतिशत सुचक पुराभए पछि साक्षर जिल्ला घोषणा गरिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा कपिलबस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेल, बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणि अर्याल, शुद्धोधन गाँउपालिकाका अध्यक्ष कमलेश शरण चौधरी, प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य, प्रहरी उपरिक्षक प्रेम बहादुर बस्नेत, शसस्त्र प्रहरी उपरिक्षक जीवन केसी, विभिन्न स्थानिय तहका शिक्षा शाखा प्रमुख, राजनितिक दलका प्रमुख एव्म प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.