तौलिहवामा स्रोत नखुलेको ४८ लाख सहित एक ब्यक्ति पक्राउ

0
Quantam abroad studies

कपिलवस्तु – जिल्लाको कपिलवस्तु नगरपालिका वडा नं.१ मा रहेको आन्दोलन चोकबाट श्रोत नखुलेको ४८ लाख नगद सहीत एक ब्यक्ति पक्राउ परेका छन् ।

मंगलवार साझ सवा ६ बजेतिर सुन ब्यापारी नित्यानन्द बर्माको भाडाको घरबाट सुनिल गुप्तालाई सो रकम सहीत प्रहरीले पक्राउ गरेको हो । गोप्य सुचनाको आधारमा १४ लाख ९८ हजार हजार १२० रुपैया भारतीय रुपैया र अरु नेपाली रुपैया सहीत गुप्ता पक्राउ परेका हुन । गुप्ताले अबैध भारतीय रुपैयाको कारोवार गर्ने गरेको गोप्य सुचनाको आधारमा छापा हानी प्रहरीले सो अबैध रकम सहीत उनलाई पक्राउ गरको जनाएको छ ।

पक्राउ परेका गुप्तालाई सो रकम सहीत राजस्व अनुसंंधान कार्यालय बुटवलमा बुझाईने प्रहरी उपरिक्षक प्रेम बहादृुर बस्नेतले बताए । कुल ४८ लाख ५ हजार १२७ रुपैया सहीत गुप्ता पक्राउ परेका हुन । यसैगरी धेरैले सुन तस्करीमा उक्त पैसा प्रयोग हुन सक्ने संभावना समेत व्यक्त गरेका छन् ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.