दुर्घटनामा परी १० गाइगोरुको मृत्यु

0
Quantam abroad studies

कपिलवस्तु , साउन २२
जिल्लाको बुद्धभुमी नगरपालिकामा रात्री बसले ठक्कर दिदा १० गाइ गोरुको मृत्यु भएको छ । जसमा ५ गाइ र ५ गोरुको घटनास्थलमै मृत्यु भएकोर ४ वटा पशु घाइते रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपि मिन बहादुर घलेले बताएका छन् ।

पानी परेको र बस अत्याधिक तिब्र गतिमा रहेकाले यति ठुलो क्षेती भएको प्रारम्भीक अनुसन्धानबाट खुल्न आएको छ । बा प्र ०१ र ००६ ख ५१७१ नम्बरको सो बस र चालक अहिले ईलाका प्रहरी कार्यालय गोरुसिङ्गेको नियन्त्ररणमा रहेको प्रहरीले जनाएको छ । दाङबाट काठमाण्डमै जादै गरेको रात्रीकालिन बसले बुद्धभुमी २ पानिधारा जगंल सडकमा गत राती करिव १२ बजेको समयमा ति गाइवस्तुलाई ठक्कर दिएको प्रहरीले बताएको छ ।

यसैगरी समाजिक संजालमा यस घटना प्रति समाजिक संजाल प्रयोगकर्ताले दुख व्यक्त गर्दै घटना सुनुयोजित देखिएको समेत बताइरहेका छन् ।

Leave A Reply

Your email address will not be published.