कृष्णनगर नगरपालिकाका साकिर अहमदले डेढ करोड बढी भ्रष्टाचार गरेको आरोप सहित मुद्दा दायर

0
Quantam abroad studies

कपिलवस्तु , साउन २३ जिल्लाको कृष्णनगर नगरपालिकाका पाँचौँ तहका कर्मचारी साकिहर अहमदविरुद्ध एक करोड ५५ लाख ७९ हजार ६९५ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालका अनुसार सरकारी सेवामा प्रवेश गरेको मिति २०४८-१०-१५ गतेदेखि २०७८-०६-३० को अवधिमा अहमदको आय एक करोड १६ लाख ५३ हजार ९५७ रुपियाँ देखिएको छ ।

यसैगरी, व्यय तथा लगानी दुई करोड ७२ लाख ३३ हजार ६५२ रुपियाँ देखिएकाले आयबाट निजको व्यय घटाउँदा आएको रकमको वैधानिक स्रोत नखुलेको आयोगले जनाएको छ ।

आयोगले अहमदको सम्पत्ति विवरण अमिल्दो र अस्वाभाविक देखिएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगो र जरिवाना जफत समेतको मागदाबी लिई विशेष अदालत, काठमाडौँमा मङ्गलबार आरोपपत्र दायर भएको जनाएको छ ।

Leave A Reply

Your email address will not be published.