संचारकर्मी तथा कलाकार निरहु यादव सम्मानित

0
Quantam abroad studies

कमलेशचन्द्र गुप्त
विभिन्न अवधी कलाकर्मी साहित्यकार तथा सन्चारकर्मी सम्मानित भएका छन् ।
गढवा गाउँपालिकाको आर्थिक सहयोग तथा नेपाल अवधी संस्कृतिक संरक्षण प्रतिष्ठान केन्द्रीय कार्यालय गढवाको आयोजनामा आज शनिबार गढवाको बनकट्टीमा गुडिया(नागपञ्चमी) तथा ५२६ औं तुलसी जयन्तीको अवसरमा सांस्कृतिक तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। प्रतिष्ठानका अध्यक्ष राम गोपाल यादवको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल’बिस्वास’ को प्रमुख आतिथ्य तथा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको विशिस्ट अतिथ्यतामा सम्पन्न सो कार्यक्रममा अवधी भाषा , साहित्य, लोक गीत र पहिरनको माध्यमले लोक संस्कृतिको संरक्षण गर्न अमूल्य योगदान गर्दै आउनु भएका स्थानीय नृत्य, ढोल बादक, गायक, वृद्ध गायक गायिकालाई सम्मानित गरिएको छ


दाङ जिल्ला बाहिरको मध्ये कपिलवस्तुका महिला तर्फ नीरा कोरी र पुरुष तर्फ अवध जागरण मिडियाका सन्चालक , smnewsonlineका प्रधान सम्पादक तथा अवधी पत्रकार संघका अध्यक्ष समेत रहेका निरहु यादव जसले अवधी भाषा प्रेमी समय सन्दर्भिक लोक गीत रचना गर्ने समाजिक संजाल मार्फत सर्बजनिक गरि दिने ,अवधी भाषा , साहित्य, लोक गीत र पहिरनको माध्यमले लोक संस्कृतिको संरक्षण गर्न अमूल्य योगदान गर्दै आएका छन । वहाँहरुको कार्यको उच्च मूल्याङ्कन गर्दै गुडिया (नाग पञ्चमी ), ५२६ औ तुलसी जयन्तीको अवसरमा स्व. राम क बारायणी अहिर स्मृती सांस्कृतिक पुरस्कारबाट पुरस्कृत तथा सम्मानित गरिएको प्रतिष्ठानका अध्यक्ष रामगोपाल यादले जानकारी दिएका छन ।

sahani furniture udyog

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.