लोसपाका क्षेत्रीय अध्यक्ष चाैधरी र एक जना नेकपा एमालेका सदस्य माओवादी केन्द्रमा प्रवेश

0
Quantam abroad studies

शहबाज खान
कपिलवस्तु , भदौ २३
नेकपा माओवादी केन्द्र कृष्णनगर नगरसमितिकाे पुर्ण बैठक सम्पन्न भएको छ । नगरसमितिको पुर्ण बैठकले निष्क्रिय पदाधिकारीहरुलाई साधारण सदस्यता समेत खारेज गरिएको नगर समितिले जनाएको छ ।

कपिलवस्तु देशमा नेकपा माओवादी केन्द्रको नेतृत्वको सरकारले गरेको भ्रष्टाचार विरोधी अभियान तथा माओवादीले जनताको हक हितको‌ लागि बनाएको संविधानलाई पुर्ण रुपमा कार्यान्वयन लागि पहल गरेकाे छ । जिल्लामा माओवादीको जनलहर बढिरहेको र माओवादी केन्द्रकाे सिद्धान्त र विचार राम्रो भएको भन्दै लोकतान्त्रिक समाजवादी पार्टीका क्षेत्रीय अध्यक्ष लालमन चौधरी र नेकपा एमाले कृष्णनगर नपा २ का शहनबाज खानले नेकपा माओवादी केन्द्र पार्टीमा प्रवेश गरेका छन्।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश‌ समितिका कोषाध्यक्ष निर्दोष अली, लुम्बिनी प्रदेश समिति सदस्य तथा लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहुद खाँ नेपाली, जिल्ला संयोजक बिष्णु बेल्बासे, जिल्ला सचिवालय सदस्य तुफैल अहमद खाँ लगायत नेता कार्यकर्ताहरुले पार्टी प्रवेश गरेका दुवै जनालाई अबीर र खादाले सम्मान गर्दै पार्टीमा स्वागत गरेको नगरसमिति सचिव गणेश प्रसाद बन्जाडेले बताए।

यस्तै प्रमुख अतिथि समेत रहेका नेकपा प्रदेश समितिका नेता निर्दोष अलीले नव प्रवेशीलाइ बधाई दिदै देशमा आमुल परिवर्तन माओवादीले नै ल्याएको बताएक थिए । उहाले अहिलेको माओवादी नेतृत्वको सरकारले भ्रष्टाचारीहरुलाइ कारबाहीको दायरामा ल्याइ देशमा आर्थिक र समाजिक सुधारमा माओवादी नेतृत्वको महत्त्वपूर्ण भुमिका रहने समेत बताएका थिए ।

sahani furniture udyog

यसैगरी कार्यक्रमका बिशिस्ट अतिथि रहेका नेकपा जिल्ला संयोजक बिस्णु बेलबासेले बिश्व मानचित्रमा कम्युनिस्ट आन्दोलनले समाज सुधारमा महत्त्वपूर्ण भुमिका खेलेको इतिहास साक्षी रहेको दाबी गरेका थिए । उहाले नेपालमा समेत कम्युनिस्ट आन्दोलनले पछाडी परेका सिमान्कृत समुदाय लगायतको हकअधिकार सुनिश्चित गरेको बताउदै अबको कम्युनिस्ट आन्दोलनमा युवाको भुमिका महत्वपूर्ण हुने समेत बताए । उहाले नेताकार्यकर्तालाइ घर घर गइ नयाँ पिढिलाइ माओवादी आन्दोलनको उपलब्धि बारे बुझाइ युवाहरूलाइ माओवादको सिद्धांत बारे ज्ञान दिन अपिल समेत गरेका थिए ।

यसैगरी कृष्णनगर नगरसमितिको पुर्ण बैठकले गत स्थानीय निर्वाचनमा प्रतिनिधि पदमा उठेका उम्मेदवार तथा वडा अध्यक्षहरुसँग चुनावी गतविधि, वडासमितीहरुकाे बारेमा जनगुनासो र आगामी दिनको रणनीति बारे छलफल गरिएको नगर समिति अध्यक्ष जावेद आलम खाँले जानकारी दिए ।

नेकपा माओवादी केन्द्रले तीन महिने जनतासँग माओवादी विशेष रुपान्तरण अभियानलाई प्रत्येक वडाको गाउँ-गाउँमा पुगेर प्रत्येक घर-घरमा नेकपा माओवादी केन्द्रको नीति सिद्धान्त गराइने उनले बताए । माओवादी केन्द्रले जनताको लागि गरेको रुपान्तरण, पार्टीलाई थप बलियो बनाउने खालको कार्यक्रम तयार गरि नगर तथा वडाका पदाधिकारीलाई बाडफाड गरिएकाे जिम्मेवारी समेत दिएको नगरसमितिमा अध्यक्ष जावेद आलम खाँले बताए ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.