
शहबाज खान, कपिलवस्तु
नेपाल खानेपानी संस्थान कृष्णनगरले आफ्नो सेवा थप विस्तार गर्ने भएको छ । जनतालाई शुद्ध खानेपानी खुवाउने संकल्प लिएका खानेपानी संस्थान कृष्णनगरले थप सेवा विस्तार गर्न दातृ निकायसँग पहल गरेकोे छ ।
जिल्लाको कृष्णनगर नगरपालिकामा अवस्थित जामिया सिराजुलवलुम अलसल्फीया झण्डानगरको कम्पाउण्डमा नयाँ डिपबोर गरि पम्प हाउस बनाउने जनाएको छ । खानेपानी संस्थानले यस पम्प हाउसबाट लक्ष्मीनगर, रमवापुर, पटना, रुपगञ्ज लगायत गाउँका जनतालाई शुद्ध खानेपानी वितरण गरिने बताइएको छ ।
खानेपानी वितरणका लागि जामिया सिराजुलवलुम अलसल्फीया झण्डानगरले निःशुल्क रुपमा जग्गा उपलब्ध गराउने भएको छ । नयाँ डिपबोर तथा पम्प हाउस निर्माणका लागि आवश्यक पर्ने जग्गा जामिया सिराजुलवलुम अलसल्फीया झण्डानगरले निःशुल्क उपलब्ध गराउने सहमति भएको खानेपानी संस्थान कृष्णनगरका प्रमुख रमेश मग्रातीले बताए । शुद्ध खानेपानी घर–घरमा पु¥याउनका लागि संस्थान कृष्णनगरलाई सहयोग मदसराले सहयोग गरेको बताउँदै जामिया सिराजुलवलुम अलसल्फीया झण्डानगरलाई निःशुल्क खानेपानी उपलब्ध गराउने संस्थानका प्रमुख मग्रातीले प्रतिबद्धता समेत व्यक्त गरे ।
आफ्नो नाममा दर्ता रहेको जग्गा नेपाल खानेपानी संस्थान कृष्णनगरलाई निःशुल्क पम्प हाउस बनाउनको लागि उपलब्ध गराउने जामिया सिराजुलवलुम अलसल्फीया झण्डानगरका प्रवक्ता मौलाना मशहुद खाँ नेपालीले बताएं । नेपाल खानेपानी संस्थान कृष्णनगरले ल्याएको योजनालाई सञ्चालन गरि यो क्षेत्रका जनतालाई शुद्ध खानेपानी उपलब्ध गराउन सदैव तयार रहेको प्रवक्ता खाँ नेपालीले बताएं ।
जामिया सिराजुलवलुम अलसल्फीया झण्डानगरका उपाध्यक्ष डा.मंजुर खां, नेकपा माओवादी केन्द्रका कृष्णनगर समिति अध्यक्ष जावेद आलम खाँ, इन्जिनियर सईद अख्तर खँं, मास्टर अब्दुल रहीम, अब्दुल हसीव लगायतले संस्थान प्रमुख मग्रातीलाई दोसल्ला ओढ़ाई सम्मानसमेत गरेका थिए ।
