![Quantam abroad studies](https://smnewsonline.com/wp-content/uploads/2022/06/Quantum-Studie-1.gif)
शहबाज खान, कपिलवस्तु
कृष्णनगर नगरपालिकाको वडा नम्बर ३ मा निःशुल्क आँखा जाँच शिविर सञ्चालनबाट १५४ जनाको आंखा जांच भएको छ ।
जसमध्यऐ २०जनालाई मोतियाबिंदको सल्यक्रिया (आपरेशन) गर्नाको लागि छन्द(कालेबाबु) नारायणी आंखा अस्पताल बहादुरगंज लगेका छन र १३४ जनालाई चेक जांच गरि औषधी वितरण गरेको आयोजकले जनाएको छ।
कृष्णनगर नगरपालिका वडा ३को आयोजना तथा छन्द (कालेबाबु) नारायणी आंखा अस्पताल बहादुरगंजको प्रविधीक सहयोगमा नि:शुल्क आंखा जांच तथा सल्यक्रिया (आपरेशन) कार्यक्रम संचालन भको आंखा अस्पतालका प्रमुख प्रशासकीय अधिकृत जसराज विश्वकर्माले बताएका छन।
![](https://smnewsonline.com/wp-content/uploads/2023/09/IMG_20230908_194125.jpg)
वडा अध्यक्ष सगिर अहमद खाँले यस आँखा शिविरबाट आम नागरिकले सहज रुपमा सेवा लिन सफल भएको बताउनुभयो । उहाँले आँखा जस्तो संवेदनशील अङ्गामा समस्या कारण बृद्धबृद्धाहरुलाई हिँडडुल गर्न गाह्रो भएको बताउँदै अब उहाँहरुलाई आँखाको शल्यक्रिया पश्चात् सहज हुने बताउनुभयो । यसरी नै जनताहरुको सेवा सधैँ आफु खटिरहने वडा अध्यक्ष खाँले प्रतिबद्धतासमेत जनाउनुभयो ।
![sahani furniture udyog](https://smnewsonline.com/wp-content/uploads/2024/12/38d1039e-38ba-4221-8c89-4a13cceff9f8.jpeg)