सनशाईन संस्थाद्धारा १७ औँ मानव बेचबिखन तथा ओसारपसार विरुद्ध राष्ट्रिय दिवसको अवसारमा ¥याली

0
Quantam abroad studies

शत्रुघन खरविन्द, कपिलवस्तु , भदौ २०
सनशाईन संस्थाद्धारा १७ औँ मानव बेचबिखन तथा ओसारपसार विरुद्ध राष्ट्रिय दिवसको अवसारमा ¥याली निकाली मनाइएको छ । सनशाईन सामाजिक विकास संस्था र युनाइटेड मिसन टु नेपालको सयुक्त साझेदारीमा संचालित L.C.P परियोजनको सहयोगमा र स्वातन्त्र युवा क्लब र शन्ति पुर्नस्थापन गृहको आयोजनामा कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिका वडा नम्बर ४ चकरचौडामा ¥याली कार्यक्रम गरि मनाएका हुन ।

“सामाजिक न्याय र आर्थिक सशाक्तिकरण : मानव बेचविखनको निर्मूलन” भन्ने नाराको साथ चकरचौडाको नेपाल भरत बोडरबाट शुरु भएको ¥यालीमा “सबैमिली गरौ विपतको सामना , मानव बेचबिखनको बिरोध हाम्रो कर्तव्य र चाहाना” , “शैक्षिक जनचेतना बढाऔं , मानव बेचबिखन अन्त्य गरौँ ”,“लैङ्गिक हिंसा हटाऔ: मानव बेचबिखन अन्त्य गरौं ” लगायत प्ले कार्ड साहित सनशाईन सामजिक विकास संस्थाका कार्यकारी निर्देशक शम्भु प्रसाद हरिजन , आनन्द कुमार MSS भारतीय सिद्धार्थनागर , नेपाल प्रहरी, सशस्त्र प्रहरी, मानव बेचबिखन विरुद्ध अभियान चलाउने संघ संस्था , विद्यार्थी, बालक्लब , युवाक्लब , महिला समुहको सहभागिता रहेको थियो ।

चकरचौड नाकामा शान्ति पुनर्स्थापना गृह संस्थाले बेचबिखन रोकथामका लागि काम गर्दै आएको छ । बालबालिका बेचबिखन विरुद्धको सार्क महासन्धि २००२ नेपाल सरकारले अनुमोदन भएको दिन यो दिवस मनाइँदै आएको छ । २०६४ साल देखी भाद्र २० गते देखि राष्ट्रिय दिवसको रूपमा मनाइएको छ ।

¥याली चकरचौडामा रहेको शान्ति पुनर्स्थापना गृहको प्राङ्गणमा कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्दै प्रहरी चौकी चकरचौडाका नेपाल प्रहरी उप- निरीक्षक रामशरण चौधरीले मानव बेचबिखन तथा ओसारपसार बारेमा प्रष्ट पर्नु भएको थियो । मानव बेचबिखन तथा ओसारपसार रोकथाम गर्नका लागि पुर्ण सहयोग गर्ने D.C.मानव सेवा संस्थान सेवा सिद्धार्थनगर भरतका जय प्रकाश गुप्ताले प्रतिबद्धाता जनाउनु भएको थियो । कार्यक्रममा भारत वा अन्य देशमा नेपालबाट महिला र बालबालिका बेचबिखन हुने गरेको मायादेवी गाउँपालिका वडा नम्बर ४ का वडा सदस्य हृदयराम यादवले बताउनुभयो । उहाँले सचेतनाको कामीले गर्दा विपन्न समुदाय बेचबिखनबाट प्रभावित हुने गरेको बताए ।

Leave A Reply

Your email address will not be published.