के छन त सुन्तला खानुका फाइदा……?

0
Quantam abroad studies

काठमाण्डाैँ ।   कतिपयमा चिसोमा सुन्तला खानु हँदैन भन्ने धारणा छ। तर चिसो मौसम र चिसो ठाँउमै फल्ने सुन्तलाको महत्व छुट्टै छ। सुन्तला स्वादकालागि मात्र नभइ स्वास्थ्यका हिसाबले पनि अत्यन्तै लाभदायक छ। मानिसहरू सुन्तलाभन्दा भिटामिन चक्कीतिर आकर्षित भइरहेका छन्। सुन्तला भिटामिन ‘सी’को प्रमुख स्रोत हो। भिटामिन चक्कीको सट्टा सुन्तला खानु स्वास्थ्य र सौन्दर्य दुवै हिसाबले फाइदाजनक हुन्छ। बढी तौल भएका व्यक्तिका लागि पनि पर्याप्त मात्रामा सुन्तलाको प्रयोग उत्तम हुन्छ।

दिनहुँ सुन्तलाको सेवन गर्ने गरेमा विभिन्न रोगहरु न्यून गर्न मद्धत मिल्छ। यसले मिर्गौलाको पत्थरी हुनबाट बचाउन सक्छ। दम, ब्रोङकाइटिस, रुघाखोकी, ज्वरो र मुटुको रोगीलाई फाइदा पुर्‍याउँछ। त्यस्तै डण्डिफोर तथा खटिरा, निमोनिया, पाइरिया, श्वासप्रश्वासको समस्या, टाइफाइड, मधुमेह र उच्च रक्तचापका रोगीलाई पनि सुन्तलाको सेवन लाभदायक मानिन्छ। यसले रक्सीको लतलाई पनि यसले कम गर्न सक्छ।

sahani furniture udyog
  • क्यान्सरको जोखिम घटाउँछ
  • मिर्गाैला स्वस्थ राख्छ
  • कलेजो जोगाउँछ
  • कोलेस्टरोल घटाउँछ
  • मुटु बलियो बनाउँछ
  • भाइरल इन्फेक्सन हटाउँछ
  • कब्जियत खुलाउँछ
  • आँखा तेजिलो बनाउँछ
  • रक्तचाप नियन्त्रण गर्छ
  • छालाको सुरक्षा गर्छ

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.