दुध चिया कि कागती चिया……..?

0
Quantam abroad studies

काठमाडौं ।  दुध चिया र कालो (कागती) चियामा प्रमुख भिन्नता दुधको प्रयोग हुनु र नहुनु हो। दुुध चियामा चियापत्तिको प्रयोग बढी गर्नुपर्ने हुन्छ, हानिकारक हुन सक्छ। जति धेरै दुध चियाको प्रयोग गरिन्छ, त्यति नै धेरै दुधको प्रयोग हुन पुग्छ। फलस्वरुप अनावश्यक क्यालोरीको प्राप्ति भएर मोटोपना हुन सक्छ। चियाले मधुमेह रोगीमा सुगरको नियन्त्रण बिग्रिन सक्छ। तर त्यो भन्दा पनि नराम्रो पक्ष कोलेस्ट्रोलसँग सम्बन्धित हो। दुधमा हुने कोलेस्ट्रोलले रगतमा यसको मात्रा बढाएर शरीरलाई हानी गर्न सक्छ। यसको अर्थ दुध चिया स्वास्थ्यको लागि नराम्रो होइन। यसको बढी प्रयोगले हानी हुन सक्छ।

sahani furniture udyog
  •  अत्यधिक चिया खाए चियापत्तिको बढी प्रयोगले शरीरमा क्याफिनको मात्रा बढी भएर मुटुको चाल सम्बन्धी समस्या देखा पर्न सक्छ।
  • दुध नहालेको चिया दुध हालेको भन्दा राम्रो हुन्छ।
  •  कफीभन्दा चिया नै राम्रो हो, तर चिया पनि कम खानुपर्छ। एक दिनमा तिनदेखि चार कपभन्दा बढी खानु हुँदैन।
  •  ग्रिन टी सबैभन्दा राम्रो छनोट हुन सक्छ। यसले शरीरको तौल घटाउन मद्दत गर्छ र यसमा भएको एन्टीअक्सिडेन्टले शरीरलाई धेरै फाइदा  गर्छ।
  • चियापत्तिभन्दा टी ब्यागले बनेको चिया राम्रो हुन्छ। टी ब्यागले बनेको चियामा बढी पोषक तत्व पाइन्छ। चियामा पाइने राम्रो पदार्थहरु चिया  पकाउने क्रममा नष्ट हुन्छ। तर टी ब्यागको चियामा भएको पदार्थहरु नष्ट हुन पाउँदैन।
  •  दुधले पनि चियामा पाइने एन्टिअक्सिडेन्टलाई नष्ट गर्न सक्छ।
sahani furniture udyog
Leave A Reply

Your email address will not be published.