साउदीको रियाद विमानस्थलमा हुथीको आक्रमण, १२ जना मारिए

0
Quantam abroad studies


काठमाडौं, असोज २५

साउदी अरबको राजधानी रियादस्थित एक विमानस्थलमा भएको आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ । ३०९ जना घाइते भएका छन्। अमेरिकाको सैन्य सहयोग र अत्याधुनिक हतियारको ठूलो भण्डार रहेको साउदी अरबको राजधानीमै भएको यस घटनाले देशको हवाई सुरक्षा क्षमतामाथि प्रश्न उठाएको छ।


साउदी अरबको नेतृत्वमा रहेको सैन्य गठबन्धनले पूर्वी साउदी अरबको दम्मामस्थित किङ फहद अन्तर्राष्ट्रिय विमानस्थलनजिक पनि शनिबार एक क्षेप्यास्त्र खसेको जनाएको छ। स्थानीय अधिकारीहरूका अनुसार, यमनका हुथी विद्रोहीहरूले केही दिनअघि यस्तै आक्रमण गरेको दाबी गरेका थिए।पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले आक्रमणको निन्दा गरेका छन् ।  साउदी अरेबिया पाकिस्तान र टर्की बीचको मक्का सम्झौतामा एक प्रमुख साझेदार हो। यसको प्रावधानअन्तर्गत, एउटा देशमा आक्रमणलाई तीनै देशमाथि आक्रमण मानिन्छ।

sahani furniture udyog


हुथी विद्रोहीहरूले विगत केही हप्तादेखि साउदी विमानस्थलहरूमा बारम्बार आक्रमण गरिरहेका छन्। साउदी नेतृत्वको सैन्य गठबन्धनले बदला लिने वाचा गरेको छ। गठबन्धनले आक्रमणको लागि हुथी विद्रोहीहरूलाई दोष दिएको छ, यसलाई ‘युद्ध अपराध’ भनेको छ।  

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.