लामो समय देखी बन्द हेटौँडा सिमेन्टले पुस १३ देखि उत्पादन सुरु गर्ने

0
Quantam abroad studies

हेटौँडा, पुस १० – लामो समयसम्म बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले यही पुस १३ गतेदेखि पुनः उत्पादन थाल्ने तयारी गरेको छ। उद्योग व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र भण्डारीका अनुसार उद्योगका उपकरण मर्मतसम्भारको काम अन्तिम चरणमा पुगेको छ, जसका कारण निर्धारित मितिमा उत्पादन सुरु गर्न सकिने भएको हो।

गत असोज १५ गतेदेखि उद्योगले उपकरण मर्मतका लागि उत्पादन बन्द गरेको थियो। अध्यक्ष भण्डारीले भारतीय श्रमिकको आवश्यकता परेका कारण मर्मतमा अपेक्षाकृत बढी समय लागेको बताए। यसअघि पनि आर्थिक अभावका कारण उद्योग दुई महिना बन्द रहेको थियो। उद्योगले पुनः सञ्चालनपछि भदौको तेस्रो सातादेखि हालसम्म ६५ हजार बोरा सिमेन्ट उत्पादन गरिसकेको छ।

sahani furniture udyog

२०३३ सालमा हेटौँडाको लामसुरेमा स्थापना भएको यो उद्योगले २०४३ सालदेखि व्यावसायिक रूपमा सिमेन्ट उत्पादन सुरु गरेको हो। अध्यक्ष भण्डारीले यस पटकको उत्पादन व्यवस्थापनलाई थप प्रभावकारी बनाउने लक्ष्य रहेको जानकारी दिए।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.