दक्षिण कोरियाको विमान दुर्घटना परी १२४ काे मृत्यु,उद्धारकार्य जारी

0
Quantam abroad studies

दक्षिण कोरियामा आइतबार बिहान भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १२४ पुगेको छ। बीबीसीका अनुसार, साढे १२ बजेसम्मको तथ्यांकमा ५४ पुरुष, ५७ महिला र पहिचान नखुलेका १३ शव रहेका छन्।

मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा जेजु एयरको बैंककबाट फर्किरहेको विमान दुर्घटनाग्रस्त भएको थियो। विमानमा १७५ यात्रु र ६ जना चालक दलका सदस्य गरी १८१ जना सवार थिए।

sahani furniture udyog

दुर्घटनास्थलमा उद्धारका लागि दमकल विभागका ४९० कर्मचारी, ४५५ प्रहरी अधिकारीसहित कुल १ हजार ५६२ जना खटिएका छन्। रोयटर्सका अनुसार, दुई जनालाई जीवितै उद्धार गरिएको छ। योनहाप समाचार एजेन्सीका अनुसार, विमानमा सवारमध्ये १७३ यात्रु दक्षिण कोरियाका र २ जना थाइल्याण्डका नागरिक थिए।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.