कपिलवस्तुमा जिरो टिल प्रविधिद्वारा गहुँ खेती सुरु

0
Quantam abroad studies

कपिलवस्तुमा लागत घटाउन र उत्पादन बढाउन पहिलो पटक जिरो टिल (शून्य खनजोत) प्रविधिद्वारा गहुँ खेती थालिएको छ। ग्रामीण पुनर्निर्माण नेपाल (आरआरएन) को सहयोगमा जिल्लाका सात स्थानमा यो प्रविधि प्रयोग गरिएको छ।

कपिलवस्तु नगरपालिका–११ अरौराका कृषक रामदास यादवले ११ कट्ठा खेतमा जिंक ११ जातको गहुँ छरेका छन्। धान काटेपछि खेतमा पर्याप्त चिस्यान रहेको बेला बिना खनजोत मेसिनको प्रयोग गरी गहुँ छरिएको हो। यादवले यो विधिले लागत घटाएको र आगामी वर्ष सबै खेतमा यसै प्रविधि प्रयोग गर्ने योजना रहेको बताए।

आरआरएनका जिल्ला संयोजक गान्धीराज शर्माका अनुसार यो प्रविधिले माटाको गुणस्तर कायम राख्न र जलवायु परिवर्तनको असर कम गर्न मद्दत गर्छ। जिरो टिल प्रविधिले परम्परागत विधिभन्दा खर्च कम गर्न सकिने र उत्पादनमा वृद्धि हुने स्थानीय कृषकहरूले अनुभव गरेका छन्।

sahani furniture udyog

यो प्रविधि जिल्लामा गहुँ खेतीका लागि सम्भावनायुक्त मानिएको छ, जसले आधुनिक कृषि प्रविधि तर्फ कृषकहरूको आकर्षण बढाउने अपेक्षा गरिएको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.